arrow

स्वतन्त्रता दिवसको अवसरमा भारत र पाकिस्ताद्वारा कैदी रिहा

logo
प्रकाशित २०७५ साउन २९ मंगलबार
India-pakistan.jpeg

नयाँ दिल्ली । पाकिस्तानी अधिकारीहरुले ३० भारतीय कैदीलाई रिहा गरेको एक दिनपछि नै भारतले पनि सात पाकिस्तानी कैदीलाई मुक्त गरेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतीय कारागारमा कैदमा रहेका सात पाकिस्तानी कैदीलाई हिजो रिहा गरी पाकिस्तान पठाइएको भारतीय गृह मन्त्रालयले जनाएको छ ।

गत हप्ता पनि १४ पाकिस्तानी माझीलाई जेलमुक्त गरी पाकिस्तान फर्काइएको पनि अधिकारीहरुले थप जानकारी दिएका छन् ।

पाकिस्तानले पनि सोमबार २७ जना माझीसहित ३० कैदीलाई पञ्जाबको सीमाक्षेत्र बग्गामा भारतीय अधिकारीहरुको जिम्मा लगाएका छन् ।

भारतीय अधिकारीहरुका अनुसार सर्वोच्च अदालतमा गत महिना सरकारले बुझाएको एक प्रतिवेदन अनुसार पाकिस्तानको जेलमा ४१८ माझीसहित ४७० कैदमा रहेका छन् ।

पाकिस्तान र भारतका माझीहरुलाई एक अर्काको गैरकानूनी रुपमा जलक्षेत्रमा प्रवेश गरेको आरोपमा पक्राउ पर्ने गरेका छन् ।

दुबै क्षेत्रका माझीहरु दुई देशमा सीमा जलक्षेत्रमा लगाइएको अन्तर्राष्ट्रिय सीमारेखाको कम ज्ञान हुनाको कारण बारम्बार यस्ता गल्ती हुने गरेका पाइन्छ ।

भारतीय गृह मन्त्रालयका अनुसार यस वर्ष भारतले १७८ पाकिस्तान कैदीहरुलाई रिहा गरिसकेको छ ।

पाकिस्तानले पनि आफ्नो हिरासतमा रहेका १७४ भारतीय माझीसहित १७८ कैदीलाई यस वर्ष रिहा गरिसकेको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन् । एपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ