arrow

टर्कीको मुद्रा कमजोर बनेसँगै विश्व सेयर बजार कमजोर

logo
प्रकाशित २०७५ साउन २९ मंगलबार
newyork-stock-exchange.jpg

एजेन्सी। टर्कीको मुद्रा कमजोर बनेसँगै विश्व सेयर बजार कमजोर बन्न पुगेको छ। गत शुक्रबार पनि उल्लेख्य गिरावटमा परेको विश्वको सेयर बजारमा सोमबार पनि गिरावट आएको देखिएको हो। विश्वको सेयर बजार सोमबार एक महिनायताकै सबैभन्दा कमजोर विन्दुमा झरेको हो।

विश्वव्यापीरुपमा देखिएको व्यापारिक आशंकाहरुको बीचमा सेयर बजारमा पनि व्यापक गिरावट आएको देखिएको हो। सोमबारको बजारमा विश्वका विभिन्न ४७ मुलुकहरुको सेयरको सूचकले देखाएको विवरणअनुसार सोमबार सेयरमा शून्य दशमलव ५ प्रतिशतको गिरावट आएको हो। गत शुक्रबार पनि यो सूचकमा एक दशमलव ६ प्रतिशतको गिरावट आएको थियो। यसले पनि  विश्व सेयरको विषयमा केही आशंकाहरु देखाएको हो।

टर्कीका अर्थमन्त्रीले पछिल्लो समय देखिएको आर्थिक समस्याको समाधानका लागि भन्दै विभिन्न आर्थिक सुधारको योजनाहरु अघि सारका थिए। टर्कीका अर्थमन्त्रीको यस किसिमको योजना आएपछि भने त्यसको नकारात्मक प्रभाव विश्व सेयर बजारमा देखिएको हो।

टर्कीका राष्ट्रपति टेइरिप इर्डोगनले मुलुकको शासन सम्हालेयता मुलुकको मुद्रा लिरामा ठुलो गिरावट आएको छ। अमेरिकासँगको पछिल्लो समय बढिरहेको राजनीतिक तनावको कारण टर्कीको मुद्रा समुस्यामा देखिएको हो। सोमबारको बजारमा लिरामा १२ प्रतिशतभन्दा ठुलो गिरावट अएको छ। यद्यपि पछि सात प्रतिशत भने सुधार आएको छ। यसले पनि टर्कीको विषयमा आशंका देखिएको हो। टर्कीको मुद्रामा गएको मे महिनादेखि गिरावट आउन सुरु गरेको हो। 

टर्कीको मुद्रामा देखिएको समस्याको कारण युरो पनि कमजोर बन्न पुगेको छ। युरोक्षेत्रका मुलुकहरुको लागि पनि अहिले टर्कीको विषयमा देखिएको समस्या टाउको दुखाइ बन्नसक्ने विवरण सार्वजनिक भएसँगै युरो पनि प्रभावित बनेको हो। गत साता फाइनान्सियल टाइम्सले युरोपियन केन्द्रीय बैंकमा अहिले युरोक्षेत्रका बैंकहरुको विषयमा चासो बढिरहेको विवरण सार्वजनिक गरेको थियो।

सोमबारको बजारमा युरो पनि एक वर्षयताकै सबैभन्दा कमजोर विन्दुमा पुगेको देखिएको हो। जापानबाहेकका एसिया प्यासिफिक क्षेत्रका मुलुकहरुको सेयर बजारमा पनि एक दशमलव ५ प्रतिशतको गिरावट आएको देखिएको छ।

यससँगै यो क्षेत्रको सेयर बजार पनि करिब एक वर्षयताकै कमजोर विन्दुनजिक पुगेको छ। जापानको सेयर बजारमा दुई प्रतिशतको गिरावट आएको देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ