arrow

किन समस्यामा छ टर्की, विश्व बजारमा कस्तो असर ?

logo
प्रकाशित २०७५ साउन २९ मंगलबार
turkey1.jpg

एजेन्सी। टर्कीको मुद्रा अहिले लगातार गिरावटको क्रममा रहेको छ। सोमबारको बजारमा पनि टर्कीको मुद्रामा उल्लेख्य गिरावट आएको छ। मुलुकको आर्थिक नीति तथा अमेरिकासँगको बढ्दो तनावको कारण टर्कीको मुद्रा समस्यामा परेको हो। सोमबार टर्कीको मुद्रामा ७ प्रतिशतको गिरावट आएको छ। यससँगै सन् २०१८ को सुरुवातसँगै टर्कीको मुद्रामा ४५ प्रतिशतको गिरावट आइसकेको छ। प्रमुख सूचकमा पनि सोमबार ३.५ प्रतिशतको गिरावट आएको देखिएको छ। 

टर्कीको मुद्रामा गिरावट आउनुको  मुख्य कारण सस्तो व्याजदरको प्रणाली हो। अमेरिकाले टर्कीजस्ता मुलुकहरुका लगानीकर्ताहरुलाई आकर्षित गर्न थालेपछि उनीहरुलाई स्वदेशमै लगानीको वातावरण मिलाउनका लागि टर्कीको सरकारले यस्तो योजना ल्याएको थियो तर त्यो योजना पनि उसको लागि हानिकारक साविद हुदैछ। 

अमेरिका र युरोपको कमजोर व्याजदरको व्यवस्थाको कारण टर्कीले अघिल्लो वर्ष आफ्नो मुलुकमा लागनी भित्र्याउनका लागि व्याजदर उल्लेख्यमात्रामा कम गर्ने योजना अघि सारेको थियो। जसको कारण अघिल्लो वर्ष उसको अर्थतन्त्रमा ७ प्रतिशतको वृद्धिदर हासिल भएको थियो। 

टर्कीको यस्तो योजनाले टर्कीको मुद्रामा गिरावट आउन थाल्यो जसको कारण पुँजी बाहिरी मुलुकमा जान थाल्यो। जसलेगर्दा टर्कीका कम्पनीहरुलाई बाहिरी मुलुकहरुबाट लिएको ऋण तिर्न पनि निकै गाह्रो हुने अवस्थाको सिर्जना भएको विज्ञहरुको भनाइ छ। 

अहिले टर्कीको अर्थतन्त्र निकै चासोको विषय बन्न पुगेको छ। गएको जुन महिनामा टर्कीको मुद्रास्फीतिदरको नतिजा वार्षिक हिसाबमा १५ दशमलव ९ प्रतिशतमा पुगेको थियो। अन्य मुलुकहरुसँगको तुलनामा टर्कीले व्यापार तथा लगानीको हिसाबमा व्यापक नोक्सानी हासिल गर्दै आइरहेको छ। मुलुकको मुद्रा कमजोर बनेसँगै लगानीकर्ताहरु पनि अहिले मुलुकभन्दा बाहिर आफ्नो लगानी लैजाने तरखरमा रहेका छन्। 

टर्कीको समस्या अर्थतन्त्रमा देखिएको भए पनि यसको प्रमुख जड भने राजनीतिक अवस्था हो। टर्कीका राष्ट्रपति रेसेप टेइप इर्डोगनको आर्थिक क्षेत्रमा ल्याएको नीत भएतापनि उनले आफ्नो केन्द्रीय बैंकलाई व्याजदर नबढाउनका लागि निर्देशनका कारण समग्रताम यो अवस्था आएको अन्‍तराष्टिय संञ्चारमाध्याले जनाएका छन्। टर्कीको मुद्रास्फीतिदर कम गर्नको लागि व्याजदर बढाउनु एक महत्वपूर्ण उपाय हो तर यस्तोमा व्याजदर नबढाउने अड्डी कसेर बसेको कारण पनि टर्की समस्यामा परेको हो। राष्ट्रपति रेसेपले आफ्ना ज्वाइँलाई नै मुलुकको अर्थमन्त्री बनाएका छन्। 

टर्कीको अमेरिकाको तनाव पनि एक समस्याको रुपमा रहेको छ। अमेरिकी अधिकारीलाई जेल हाल्ने टर्कीको निर्णय उसका लागि महँगो पर्न गएको हो विज्ञहरुको भनाइ छ। टर्कीको उक्त निर्णयले अमेरिकाले दुई टर्कीका मन्त्रीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। टर्कीको मुद्रामा देखिएको ठुलो गिरावटले टर्कीका नागरिकहरुको दैनिक जीवनमा पनि नकारात्मक किसिमको प्रभाव परेककाले आयात व्यापार पनि निकै महँगो पर्न गएको छ। 

टर्कीको बजारमा देखिएको समस्याले टर्कीमा मात्र नभई अन्य क्षेत्रमा पनि असर पुर्‍याउनसक्ने विश्लेषकहरुले बताएका छन्। उनीहरुका अनुसार युरोपियन बैंकहरु टर्कीको मुद्रा कमजोर भएसँगै आगामी दिनमा ऋण गुमाउने अवस्थामा पुग्नसक्छ। शुक्रबारको बजारमा युरो पनि १३ महिनायताकै सबैभन्दा कमजोर बन्न पुगेको थियो। यस्तोमा उनीहरु आगामी दिनमा टर्कीसँगको सम्बन्ध पनि घटाउँदै लैजाने योजनामा छलफल गरिरहेका छन्। 

यस्तोमा अबका दिनमा टर्कीको सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा जानसक्ने बताइएको छ। साथै उनले केही आर्थिक प्रतिबन्धको नियमहरु पनि ल्याउनसक्ने बताइएको छ तर अहिलेसम्म त्यसको कुनै संकेत भने देखिएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ