युवाको समूहले गर्यो बलात्कारको प्रयास, पत्रकार सम्मेलन गरी कारबाहीको माग
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ साउन २९ मंगलबार
428
Shares
कैलाली । पछिल्लो समयमा जबरजस्तीकरण, बलात्कार र हत्याका घटनामा दिन प्रतिदिन बृद्धि भैरहेको अवस्थामा कैलालीमा फेरी बलात्कारको प्रयास गरीएको घटना बाहिर आएको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ पिपरकोटीकी ४० बर्षिया तारादेवी ताम्राकारले आफुमाथि गाँउकै एक युवाको समुहले साउन २५ गते राति बल्लात्कारको प्रयास गरेको भन्दै न्यायको लागि पहल गरी दिन मंगलबार लम्कीमा पत्रकार सम्मेलन गरेकी माग गरेकी हुन ।
ताम्राकारले सोहि गाउँका करीब २२ बर्षिया लक्ष्मण बोहोरा र बलियाका मंगल गिरी लगायतकाको समुहले साउन २५ गते राति साढे १० बजे तिर फोन गरी अपशब्द बोल्दै गालि गलौज गरेको र केहि समयपछि घरमा सुतेको समयमा आफुमाथि बलात्कारको प्रयास गरेको बताएकी छन ।
आफुले प्रतिकार गर्दा बाच्न सफल भएको बताउदै सोहि पछिल्लो दिन घटनाको बारेमा उल्लेख गदै दोषिमाथि कारबाहीको लागि किटानी जाहेरी सहितको मुद्धा इलाका प्रहरी कार्यालय लम्कीमा दिदा समेत दर्ता नगरी दिएको गुनासो गरेकी छन ।
घटनाको सत्य तथ्य छानबीन गरी दोषि माथि कारबाही गर्नुको साटो किटानी जाहेरी दिदा समेत प्रहरीले विभिन्न बाहाना गदै आलटाल गर्ने गरेको बताएकी छन । दोषि लाई कारबाही गर्नुको साटो प्रहरीले राति घरमा आएकालाई किन प्रतिकार गरेको भन्दै उल्टै आफुमाथि मुद्धालागाई आफ्ना छोरा १९ बर्षिय अरुण ताम्राकार र २२ बर्षिय हेमन्त ताम्राकारलाई थुनामा राखेको गुनासो गरेकी छन ।
महिलामाथि रातिको साढे १० बजे तिर सुतेको कोठामा अर्धनग्न अवस्थामा प्रबेश गरी बलातात्कारको प्रयास गर्ने ब्यक्तिको नाममा किटानी जाहेरी समेत दिदा पक्राउ नगरेको, आफ्नो मुद्धा दर्ता नलिएको भन्दै न्यायका लागि सम्पुर्ण पत्रकार तथा न्याय प्रेमि संग पहल गरी दिन आग्रह गरेकी हुन ।
यस्तै दलित महिला संघ कैलालीकी अध्यक्ष बालकुमारी सुनारले घटनाको बारेमा आफुलाई जानकारी हुदा साथ पिडित र प्रहरीसंग जानकारी लिएको तर प्रहरीले घटनालाई आलटान गरी स्थानिय स्तरमै मिलाउन दबाव दिई रहेको बताएकी छन । महिलामाथि बलात्कारको प्रयासका साथै घरमा सुति रहकी महिलाका शरीरमा लगाएका कपडा समेत च्यातिएको घटनाको लिखित किटानी जाहेरी दिदा समेत कारबाही प्रक्रिया अगाडि नबढनु दुख्द भएको उनको भनाई छ ।
यस्तै मानव अधिकार कर्मि धनराज विक अविरल, दलितअधिकार कर्मि ढक बहादुर विक. रमादेवी बादीले समेत घटनाको घोर भर्सना गदै दोषिमाथि कडा भन्दा कडा कारबाहीको माग गरेका छन् । यता इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले भने घटनाको प्रकृति र उजुरी कर्ता पिडित तारा देवी ताम्राकारको बयान फरक परेकाले ढीलाई भएको बताउदै घटनाको बारेमा अनुसंघान भैरहेको बताए ।