arrow

हवाई यात्रुको संख्या बढ्दो, मध्यपूर्वमा हवाई यात्रा गर्ने ११ प्रतिशतले वृद्धि

logo
प्रकाशित २०७५ साउन २९ मंगलबार
airlines.jpg

एजेन्सी। हवाई यात्रुहरुको संख्या पछिल्लो समय बढ्दो क्रममा रहेको अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)ले बताएको छ। आइतबार आईएटीएले यस्तो विवरण सार्वजनिक गरेको हो। 

विशेषगरी मध्यपूर्वमा हवाई यात्रा गर्नेको संख्यामा वृद्धि भएको छ। मध्यपूर्वका हवाई यात्रुहरुको संख्यामा जुन महिनामा उल्लेख्य सुधार आएको हो। वार्षिक हिसाबमा उक्त महिनामा ११ प्रतिशतको वृद्धिदरले बढेको छ।  अन्तर्राष्ट्रिय बजारमा औसतमा सात दशमलव ७ प्रतिशतले हवाई यात्रुहरुको वृद्धि भइरहेको अवस्थामा मध्यपूर्वमा यस्तो विवरण देखिएको आईएटीएले जनाएको छ। 

अघिल्लो वर्षको तुलनामा मध्यपूर्वको हवाई क्षेत्र महत्वपूर्ण अवस्थामा रहेको बताएको छ। पछिल्लो समय अमेरिकाले लगाएको भ्रमण प्रतिबन्ध तथा अन्य किसिमको योजनाहरुको बाबजुद मध्यपूर्वको हवाई क्षेत्र बलियो अवस्थामा रहेको विवरणमा उल्लेख गरिएको छ। 

११ प्रतिशतको वृद्धि हुनु समग्र विश्वको हवाई क्षेत्रमध्येको सबैभन्दा ठुलो सुधार हो। अफ्रिकाको हवाई क्षेत्रमा १० दशमलव ९ प्रतिशत तथा एसिया प्यासिफिक क्षेत्रको हवाई यात्रुहरुको संख्यामा नौ दशमलव ५ प्रतिशतको वृद्धिदर हासिल भएको आईएटीएले बताएको छ। यस वर्षको सुरुवाती छ महिनाको अवधिमा देखिएको सुधारको गतिले आगामी दिनमा पनि यो क्षेत्रको हवाई सेवामा महत्वपूर्ण सुधार हुने आईएटीएका अधिकारीहरुले बताएका छन्।

गएको समरमा अत्यधिक मात्रामा मानिसहरु उत्तरी गोलार्धको भ्रमणमा गएको देखिएको आईएटीएले बताएको छ। पछिल्लो समय देखिएको विश्वको अवस्थाले भने आगामी छ महिनामा भने हवाई क्षेत्र समस्यामा पर्नसक्ने बताइएको छ। अहिले विश्वव्यापीरुपमा देखिएको व्यापारयुद्धको मारमा पर्यटनको क्षेत्र पनि पर्नसक्ने विश्लेषकहरुले बताएका छन्। इन्धनको मूल्यमा पनि अघिल्लो वर्षको समग्र अवधिमा करिब ६० प्रतिशतले वृद्धि भएको देखिएको छ।

यसअघि दुबईमा रहेको इमिरेट्सले आफ्नो सेवा विस्तारको लागि ल्याएको विभिन्न किसिमको योजनाले पनि हवाई यात्रुहरुको संख्यामा विस्तार भएको देखिएको हो। इमिरेट्स विश्वको सबैभन्दा ठुलो हवाई सेवा प्रदायक कम्पनी हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ