arrow

बोक्सीको आरोपमा दुई महिला पक्राउ

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ साउन २९ मंगलबार
Palpa_District.png

पाल्पा । जिल्लाको निस्दी गाउँपालिका ४ मित्यालमा एक वृद्वालाई बोक्सीको आरोपमा  मानसिक यातना दिने तीन जना महिलालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले नियन्त्रणमा लिएको छ ।

 नवलपरासी त्रिवेणी गाउँपालिका ३ की १६ वर्षीय तमसरी सिंजाली, नवलपरासी मध्यविन्दु नगरपालिका १४ की १८ वर्षीय गीता कामुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको  छ । पिडित वृद्वाले शनिबार प्रहरीमा उजुरी दिएकी थिइन् ।

 उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी मुद्द दर्ता गरेको हो । विश्वासी धर्मका समर्थक बताउने उनीहरुले वृद्वा महिलामाथि बोक्सीको आरोप लगाउदै चरम मानसिक यातना दिएका थिए ।

 वृद्ध महिलालाई बोक्सी भएको प्रमाणित विश्वासी धर्मालम्विीले प्रमाणित गरेको भन्दै उनीहरुले वृद्वा महिला माथी गम्भीर आरोप लगाएका हुन् । आफुहरुलाई इसाई धर्मका सर्मथक हुँ भन्दै उनीहरुले ती वृद्वा माथि बोक्सि भएको स्वीकार गर्न दवाव समेत दिएको विभिन्न सामाजिक सञ्जालहरुमा देख्न सकिन्छ ।

 स्थानीहरुले ती महिलाहरुलायलई समाज फड्काउन आएको भनिरहदाँ उनीहरुले बोक्सी प्रमाणीत गर्न तन्त्रमन्त्र गरेका हुन्  ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ