arrow

गुल्मीको चन्द्रकोट गापामा पहिलो पटक सिविआरसि गठन

logo
कौरव खत्री,
प्रकाशित २०७५ साउन २९ मंगलबार
cbrc.jpg

गुल्मी । गुल्मीमा विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र सक्षम परियोजना गुल्मीको चन्द्रकोट गाँउपालिकामा पहिलो पटक समुदायमा आधारित पुनःस्र्थापना समिति अर्थात (सि.वि.आर.सि.) गठनको गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धि ऐन २०७४को दफा ४२ बमोजिम जिल्लाका प्रत्येक गाँउपालिका र नगरपालिकामा अपाङ्गता समन्वय समति गठन गर्नुपर्ने भएकोले पहिलो शुरुवात  चन्द्रकोट गाँउपालिकाबाट थालनी गरिएको बहु सिपयुक्क्त अपाङ्गता पुनर्स्थापना सहायक होमराज केसीले जानकारी दिए ।

अपाङ्गता बालअस्पताल तथा पुनःस्र्थापना केन्द्र बनेपा (आइ.सि.डि) परियोजनाको सहयोगमा गुल्मी जिल्लामा पहिलो पटक शुरुवात गरिएको बहु सिपयुक्क्त अपाङ्गता पुनर्स्थापनासहायक होमराज केसीले जानकारी दिए ।

उक्क्त गाँउपालिकामा उपमेयर राधिका अर्यालको संयोजकत्वमा ९ सदस्यीय समुदायमा आधारित अपाङ्गता व्यवस्थापन समितिको गठन गरिएको छ ।

समितिको सदस्यहरुमा श्रोतव्यक्ति कृष्ण कुमार गैरे,स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी ढकनारायण थापा,चक्क्रेश्वर अपाङ सघं शान्तिपुरका अध्यक्ष अनिल कुमारसावत,गाँउपालिकाको महिला तथा बालवालिका कार्यालयका कर्मचारी मञ्जु सुवेदी घिमिरे रहेका छन्  ।

भने अन्य तिन जनालाई समन्वय समितिको बैठक बसी मनोनित गर्ने समेत केसीले जानकारी दिए ।

साथै सक्षम परियोजनाले गत २०७४ बैशाख १२ गतेदेखि गुल्मी जिल्लामा शारीरिक अपाङ्गता भएका बालवालिकाहरुको क्षेत्रमा काम गदै आइरहेको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ