arrow

मानसरोवर दर्शनार्थीको मनाङ्ग एयरको पंखामा ठोक्किएर गयो ज्यान

logo
जनक बहादुर शाही,
प्रकाशित २०७५ साउन २९ मंगलबार
manangs1.jpg

हुम्ला। मानसरोवर जानका लागि हुम्ला सदरमुकामबाट हिल्साका लागि उडेको मनाङ्ग एयरको कल साइन ९एन-एमभी हेलिकप्टरले एक भारतीय तीर्थयात्रीको ज्यान लिएको छ ।

हिल्सामा हेलिकप्टर अवतरण गरेपछि बाहिर निस्कने क्रममा भारतीय तीर्थयात्री नगेन्द्र कुमार कार्तिक मेहेताको हेलिकप्टरको पङ्खाले काट्दा घटनास्थलमै निधन भएको हो । महाराष्ट्रको मुम्बइ घर भएको मेहेताको पासपोर्ट नम्वर जेड ३३८५२८५ रहेको छ । हेलिकप्टरको पङ्खा घुम्न पुरै नरोकिकन तीर्थयात्रु ओर्लिएर मनाङ्ग एयरले हेलिकप्टरको पछाडि भागमा  जाँदा सो दुर्घटना भएको हो। मनाङ एयरले भने पछाडि पट्टी सेल्फी खिच्न गएका मेहेताले ध्यान पुर्याउन नसक्दा पङ्खाले छुँदा दुर्घटना भएको बताइएको छ।

हेलिकप्टरबाट बाहिर निस्किदा पङ्खा केहिबेर घुमि रहेको अवस्थामा अगाडि पट्टिको भागबाट जानलाई सहायकहरूले जानकारी गराउँदा गराउँदै सेल्फी खिच्न गएका उनले सावधानी अपनाउन नसक्दा तीर्थयात्रुको दुर्घटनामा परि दु:खद निधन भएको हो।

घटनाको जानकारी पाए लगतै  घटनास्थलमा प्रहरी पुगेको थियो। घटनाको जानकारी तीर्थयात्रीले नेपाल स्थित भारतीय दूतावास र मृतकका आफन्तलाई समेत गराएका छन् ।  

सावधानी अपनाउन नसक्दा दुर्घटना भएकोमा स्थानियले खिन्नता प्रकट गरेका छन् ।

(अपडेट २०७५ साउन २९ राती ९:२७)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ