arrow

लण्डन आक्रमणमा सम्लग्नमाथि कडा कारबाही हुनुपर्छ : ट्रम्प

logo
प्रकाशित २०७५ साउन २९ मंगलबार
dronaldtrumps.jpeg

वासिङ्टन, संयुक्त राज्य अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बेलायती संसदबाहिर गराइएको शङ्कास्पद आतङ्कवादी आक्रमणमा सम्लग्न ‘व्यक्तिहरू’लाई हदैसम्म कडा कारबाही हुनुपर्ने बताए। राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा लेखेकाछन्, “लण्डनमा अर्को आतङ्कवादी आक्रमण भएको छ। यी मूर्ख जनावरहरूलाई कठोर एवम् कडा कारबाही हुनुपर्छ।”

बेलायतको संसद् भवन अगाडि एकजना सवारी चालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएका प्रत्यक्षदर्शी एवीलीना ओचाबले बताए। बिहानको भिडभाडमा पैदलमार्गमा सवारी दुर्घटना गराउने शङ्कास्पद व्यक्तिलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो।

विगत १८ महिनाभन्दा कम अवधिमा बेलायतमा सवारीसाधनको प्रयोग गरी चारवटा आतङ्कवादी आक्रमण भइसकेका छन्। बेलायतको मुख्य प्रशासनिक इकाई समेत रहेको मुख्य लन्डन क्षेत्रमा प्रहरीले घेराबन्दी गरेको छ। प्रहरीले सबैजनालाई घटनास्थलबाट टाढै रहन आग्रह गर्नुका साथै वेस्टमिन्स्टर रेलसेवा बन्द गरिएको छ। एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ