arrow

जबरजस्ती करणी र विवाह कसुर सम्बन्धी वडा–वडामा प्रहरीको प्रशिक्षण

logo
सीता डोटेल,
प्रकाशित २०७५ साउन २९ मंगलबार
palapa-police.jpg

पाल्पा ।  आउँदो भदौ १ गतेबाट लागु हुने बिभिन्न कानुनी कारबाहीबारे इलाका प्रहरी कार्यालय रामपुरले वडागत रुपमा सचेतना तथा प्रशिक्षण कार्यक्रमलाई तिव्रता दिएको छ । ईलाका प्रहरी कार्यालय रामपुर, पाल्पाले रामपुर नगरपालिका वार्ड नं २ भलायटारमा आगामी मुलुकी अपराध (संहिता) ऐन २०७४ मा व्यबस्था भएका जवर्जस्ती करणी र विवाह कसुर सम्बन्धी प्रशिक्षण कार्यक्रम चलाएको हो ।

समाजमा अपराध न्यूनीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रममा जर्बजस्ती करणी अपराधको बारेमा जानकारी दिदै के कारणबाट समाजमा यस्ता घटना घट्ने गर्दछ ? र यस अपराध नियन्त्रण तथा न्यूनीकरण गर्न समाज तथा परिवार लगायत अन्य संस्थाहरु समेतले के कस्तो भूमिका निर्वाह गर्न सक्दछन् भन्ने बिषयमा प्रशिक्षण दिइएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेयले बताए ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नम्बर २ का स्थानीय बासी सहित बिभिन्न संस्थाका प्रतिनिधि तथा जनप्रतिनिधि सहभागि रहेका थिए । रामपुर न.पा. वार्ड नं २ का वडाध्यक्ष तारा बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष थापाले समाजका जुनसुकै अपराध न्युनिकरणमा समुदाय नै लाग्नुपर्ने बिचार व्यक्त गरे।

 हाम्रो समुदाय र वडा अपराध मुक्त गराउन आम समुदाय लागौं उनले भने – हरेक नागरिक असल र शान्ति सुव्यबस्था कायम गर्न लागे कुनै घटना हुदैन । कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेले सहजीकरण गर्नुहुदै आगामी भदौ १ बाट लागु हुने कानुनी व्यबस्थाबारे सबैले जान्नुपर्ने बताए । रामपुर नगरपालिका वडा नं. २ को आयोजनामा भएको कार्यक्रम प्रहरी चौकी केलादीको संयोजनमा सम्पन्न भएको हो ।

रामपुर नगरपालिकाका बिभिन्न वडामा सचेतनालाई प्राथमिकता दिएको इलाका प्रहरी कार्यालय रामपुरले यस अघि वडा नम्बर ३,४,५, ६ र ७ मा स्थानियको संयोजनमा वडाबासीसँग जबरजस्ती करणी, विवाह कसुर सम्बन्धी प्रशिक्षण दिइसकेको थियो भने वडा नम्बर ९ मा केही दिनमा कार्यक्रम गर्ने जनाएको छ । यसैबीच प्रहरीले रामपुरका बिभिन्न बिद्यालयको समन्वयमा कक्षा ८ देखि १२ सम्मका बिद्यार्थीहरुलाई लागुऔषध दुव्यसनी तथा ट्राफिक नियम सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ