arrow

इटालीमा पुल भत्किँदा कम्तीमा २६ को मृत्यु, १२ बेपत्ता

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
italy-bridge-crash.jpg

काठमाडौं । इटालीको उत्तरी पश्चिम सहर जिनोआमा पक्की पुल भत्किँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । घटनामा १२ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीको हबाला दिँदै बीबीसीले जनाएको छ । 

बीबीसीले यसअघि मृतकको संख्या कम्तीमा ३५ बताएको थियो । १५ जना गम्भीर घाइते भएका छन् ।

पुलमाथिबाट तीव्र गतिमा गुड्दै गरेका कयौं सवारी साधनसमेत खसेका छन् । पुल खस्दा दुर्घटनामा परेकाहरुको खोजी र उद्धारका लागि ३ सय जना परिचालन गरिएको छ । 

भीषण वर्षा भइरहेका बेला पुल खसेको हो । पुलको सुरक्षाको विषयमा यसअघि पनि प्रश्न उठ्दै आएको थियो ।

A general view of the collapsed Morandi Bridge in the port city of Genoa, Italy August 14, 2018

Rescuers recover an injured person after a highway bridge collapsed in Genoa, Italy, 14 August 2018

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ