arrow

करिब ३ हजार कर्मचारीले मन नलागे पनि जागिर छाड्नै पर्ने 

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
samanye.JPG

काठमाडौं । चालु आर्थिक वर्षमा करिब तीन हजार सरकारी कर्मचारी पेन्सनमा निस्कनु पर्ने भएको छ। संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै यहि साउनदेखि आउँदो असारसम्म २ हजार ८ सय ५ जना कर्मचारीले जागिरबाट अनिवार्य रुपमा बिदा लिनु पर्ने सूचना सार्वजनिक गरेको छ । 

सरकारी कर्मचारीहरुको विवरण संयोजन गर्ने समान्य प्रशासन मन्त्रालय अन्तर्गतको निजामति किताबखानाले पनि निकालेको यो सूचना कार्यान्वयनमा आइसकेको छ । साउनको पहिलो दिनदेखि नै सविच शंकर प्रसाद कोईराला पेन्सन निस्केका छन् । यो साउन महिनाभित्रमा उनीसहित २ सय ९ सरकारी कर्मचारीले बिदा पाउँदैछन् । चालु आर्थिक वर्षको वैशाख (२०७६) मा सबैभन्दा बढी ३ सय ४४ र जेठमा ३ सय २० सरकारी कर्मचारीले अनिवार्य अवकास पाउँदैछन् । 

यो अवधिभित्र भदौदेखि २५५, असोजदेखि २०८, कात्तिकदेखि २०१ र मंसिरदेखि २०५ जना कर्मचारीले अफिस टाइमको वास्ता गर्नुपर्ने छैन । उनीहरुले जागिरका लागि हप्ताको ६ दिन कार्यालय धाउनु पर्ने छैन । अनिवार्य अवकास भने लिनुपर्नेछ । त्यसैगरी पुसमा १८१, माघमा २०१, फागुनमा १८०, चैतमा २१० जनाले मन नमानेपनि जागिर छाड्नुपर्नेछ । चालु आर्थिक वर्षको अन्तिम महिना जागिर माया मार्नैपर्ने २८० जनाको नाम पनि तयार भइसकेको छ ।

यो साल अनिवार्य जागिर छाड्नु पर्ने कर्मचारीको नाम मन्त्रालयले यसअघि नै सम्बन्धित कार्यालयलाई पनि दिइसकेको जनाएको छ । यो आर्थिक वर्षमा अनिवार्य बिदा लिनुपर्ने कर्मारीको विवरण मन्त्रालयको वेब लिंक http://www.pis.gov.np/news/notice_details/132 मा उपलब्ध छ । मुलुकमा एक लाखको हाराहामीमा निजामति कर्मचारी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ