arrow

इजरायली प्रधानमन्त्रीले इजिप्टका राष्ट्रपतिलाई गोप्यरुपमा भेटेको खुलासा 

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
benjamin.png

एजेन्सी। इजरायलका अर्थमन्त्री मासो कालोनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजिप्टका राष्ट्रपति अब्देल फताह सिसिसँग गोप्य भेट गरेको बताएका छन्। गएको मे महिनामा नेतान्याहूले इजिप्टका राष्ट्रपति सिसिसँग भेटवार्ता गरेका थिए। उनले गाजा क्षेत्रमा प्यालेस्टाइनहरुको जारी आन्दोलनको विषयमा वार्ताको लागि उनीसँग भेट गरेको बताइएको छ। 

गाजा क्षेत्रमा भइरहेका गतिविधिहरुमा इजिप्टको भूमिका रहेको कारण यो समस्या समाधानका लागि इजिप्टका राष्ट्रपतिसँग वार्ता भएको कालोनले बताए। आफूहरु यो क्षेत्रमा युद्धविरामको पक्षमा रहेको उनले बताए।  यसअघि गत सोमबार बेन्जामिन नेतान्याहूले इजिप्टको भ्रमण गरेको समाचार बाहिरिएको थियो । उनले गत मे २२ मा कायरोको भ्रमण गरेका थिए। 

अमेरिकाले आफ्नो राजदूतावास इजरायलको जेरुसलेममा सार्ने निर्णय गरेसँगै गाजा क्षेत्रमा हिंसा फैलिएको थियो। गएको मार्च यता यो क्षेत्रमा फैलिएको हिंसाको कारण अहिलेसम्म एक सय ६० भन्दा बढी प्यालेस्टाइनहरुको ज्यान गइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ