arrow

बेलायतको रोजगारीमा सुधार 

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
britain-employment.jpg

एजेन्जी। बेलायतको रोजगारीको क्षेत्रमा महत्वपूर्ण सुधार आएको विवरण सार्वजनिक भएको छ। गत जुन महिनामा बेलायतले रोजगारीको हिसाबमा महत्वपूर्ण सफलता हासिल गरेको हो।

बेलायतको बेरोजगारी ४० वर्षयताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको हो। जुन महिनामा बेलायतको बरोजगारीमा ६५ हजारले घटेसँगै बेलायत रोजगारीको हिसाबमा बलियो अवस्थामा देखिएको हो। यससँगै समग्र बरोजगारीको नतिजा १३ लाख ६० हजारमा झरेको छ। 

बेलायतको राष्ट्रिय तथ्यांक विभागले दिएको जानकारी अनुसार उत्पादकत्वमा केही सुधार आएको छ तर तलबको वृद्धिमा भने कमजोर किसिमको वृद्धिदर हासिल भएको बताएको हो। बेलायतको बेनसबाहेकको तलबमा २.७ प्रतिशतको वृद्धिदर हासिल भएको छ। जुनसम्मको तीन महिनाको अवधिमा बेलायतको तलबमा यस किसिमको सुस्त सुधार आएको पाइएको हो। अघिल्लो वर्षको सोही अवधिको तुलनामा बेलायतको तलबको वृद्धिदर केही कमजोर रहेको थियो। युरोपको तथ्यांक विभागका अनुसार बेलायतमा काम गरिरहेका युरोपियन युनियनका मानिसहरुको संख्यामा भने व्यापक मात्रामा गिरावट आएको देखिएको छ।

बेलायतको बेरोजगारीमा देखिएको गिरावट सन् १९९७को सुरुवातयताकै सबैभन्दा ठुलो गिरावट रहेको बताइएको छ। सन् २०१६ को ब्रेजिक्टपछि भने लगाताररुपमा बेरोजगारीमा गिरावट आइरहेको देखिएको हो। बेलायतमा काम गरिरहेका युरोपियन मुलुकहरुका मानिसहरुको संख्यामा भने १२ लाख ७० हजारबाट घटेर ७४ हजारमा पुगेको छ। बेलायती अर्थविद्हरुले भने अहिलेको सरकारले ईयूका कर्मचारीहरुलाई बेलायतमा कुनै पनि सम्झौता विना नै ब्रेजिक्ट भएको खण्डमा पनि नियमित काम गर्नका लागि वातावरण सिर्जना गर्नसक्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन्। 

जुन महिनामा सकिएको त्रैमासिक अवधिमा बेलायतको बेरोजगारी चार प्रतिशतमा झरेको देखिएको हो। यो संख्या सन् १९७५ यताकै सबैभन्दा कमजोर नतिजा हो। यसअघि विश्लेषकहरुले अनुमान गरेको भन्दा केहि प्रतिशतको सुधार भएको बताइएको छ। उक्त तीन महिनामा बेलायतमा ४२ हजार रोजगारीहरु थप हुने अनुमान गरिएको भएता पनि सो अनुसार भएन। तर बेरोजगारीमा भने व्यापक गिरावट आएको छ। साथै बेलायतको तथ्यांक विभागले प्रतिघण्टाको उत्पादनमा पनि १.५ प्रतिशतको वृद्धिदर हासिल भएको पाइएको हो। यो नतिजा पनि सन् २०१६ को पछिल्लो समययताको सबैभन्दा ठुलो सुधार भएको उक्त विभागले जनाएको छ। 

बेलायत अहिले ईयूबाट छुट्टिने क्रममा रहेको अवस्थामा आर्थिक हिसाबमा सुधारको यस किसिमको विवरण हासिल हुनु निकै राम्रो कुरा रहेको विश्लेषकहरुले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ