arrow

मगज खुस्केका शंकरले खुकुरीले छप्काएर छोरा र भाइको हत्या गरे, दुई छोरा घाइते

logo
लोकेन्द्र खनाल
प्रकाशित २०७५ साउन ३० बुधबार
Killed.jpeg

रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका १४ का एक जनाले आफ्नै छोरा र भाईको खुकुरी प्रहार गरी हत्या गरेका छन् । 

मुसीकोट १४ लोरीबाङ लरेखेतका ३६ वर्षिय शंकर बिष्टले ६ वर्षिय छोरा सुदर्शन बिष्ट र अपांग भाई २० वर्षिय गोकर्ण बिष्टको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

त्यस्तै उनले खुकुरी प्रहार गरी दुई छोराहरुलाई घाईते बनाएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । 

खड्काका अनुसार दुई वर्षदेखि मानसिक सन्तुलन बिग्रिएका शंकरले बुधबार बिहान छोरा र भाई माथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन् ।

उनले आफै माथि पनि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको खड्काको भनाई छ । उनलाई नियन्त्रणमा लिएर जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

शंकरका घाईते दुई छोराहरुको पनि जिल्ला अस्पतालमा उपचार भैरहेको छ । दुईमध्ये एक छोराको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ