arrow

'नरहरी आचार्य आइसियूकै सबैभन्दा टाठो विरामी'

स्वास्थ्यमा ९० प्रतिशत सुधार हुने डा उपेन्द्र भनाई

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
narhari-report.jpg.jpeg
काठमाडौं। काँग्रेस नेता नरहरि आचार्यको स्वास्थ्यमा धेरै राम्रो सुधार आएको उनको पारिवारले जनाएको छ। वासवारीस्थित उनको उपचार भइरहेको न्यूरो अस्पतालले दिएको जानकारी सार्वजनिक गर्दै परिवारका तर्फबाट आचार्यको स्वास्थ्यमा सुधार आएको बताइएको हो। 
 
परिवारका सदस्य तथा राजनीतिक सहयोगी रामचन्द्र घिमिरेले भने ' आचार्यलाई ज्वरो छैन। छाति सफा छ। फलफूल खानु भएको छ। बोलि र दाहिने अङ्ग कमजोर रहेको छ। यसकालागि थेरापि उपचार भईराखेको छ।'
 
आचार्यलाई भेट्न काँग्रेस नेताहरु अस्पताल पुगेका छन्। आइतवार बेलुकिपख वरिष्ठ नेता शेरबहादुर देउवा र नेता बिमलेन्द्र निधि पुगेको घिमिरेले बताए। 
 
नेताहरुसँग वरिष्ठ चिकित्सक डा.उपेन्द्र देवकोटाले आचार्यको स्वास्थ्यमा ९० प्रतिशत राम्रो हुने बताए। देवकोटाले थपे ' आईसियूमा उहानै सबै भन्दा टाठो बिरामी हुनुहुन्छ।' 
 
चिकित्सकको भनाइ पछि आचार्यको परिवार र शुभेच्छुकहरुमा खुसी देखिएको छ। आचार्यका देशभरका शुभचिन्तकले अस्पतालका चिकित्सकको कुराले आफूहरु उत्साहित भएको बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ