arrow

व्यापारयुद्धको बाबजुद जर्मनीको अर्थतन्त्र बलियो 

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
german-ecomomic.jpg

एजेन्सी। अमेरिकाले सुरु गरेको व्यापारयुद्धका बाबजुद जर्मनीको अर्थतन्त्रमा महतवपूर्ण सुधार आएको छ। जर्मनीको अर्थतन्त्रमा सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा उल्लेख्य प्रगति आएको हो।

मंगलबार सार्वजनिक भएको विवरणमा सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा ०.५ प्रतिशतको बृद्धि भएको छ। वर्षको अप्रिलदेखि जुन महिनासम्मको अवधिमा देखिएको यस किसिमको नतिजाले आर्थिक हिसाबमा जर्मनी बलियो लयमा रहेको हो। जर्मनीले यस वर्षको सुरुवाती तीन महिनामा ०.४ प्रतिशतले आर्थिक प्रतिफल हासिल गरेको थियो।

वार्षिक हिसाबमा मुलुकको सन्तुलित मूल्य अनुसारको जीडीपीमा भने २.३ प्रतिशतको वृद्धिदर प्रप्त गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा देखिएको यस किसिमको प्रतिफलले आगामी दिनमा जर्मनीको अर्थतन्त्रमा महत्वपूर्ण सुधार आउनसक्ने बताइएको हो। विश्व बजारमा देखिएको व्यापारिक तनावले मुलुकको आर्थिक क्षेत्र समस्यामा पर्नसक्ने अनुमान गरिएको अवस्थामा जर्मनीले यस्तो नतिजा सार्वजनिक भएको छ। 

जर्मनीको घरेलु खर्चमा भने श्रमको बजारमा प्रगति आएको छ। अहिले जर्मनीमा आधिकारिकरुपमा चार करोढ ४८ लाख मानिसहरुले काम गरिरहेका छन्। वार्षिक हिसाबमा यो परिणाममा १.४ प्रतिशतको वृद्धिदर अजि॔त भएको हो। अहिले सार्वजनिक भएको विवरणले जर्मनीको लगानी तथा वैदेशिक व्यापारमा भने दोस्रो त्रैमासिक अवधिमा प्रगति देखिएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ