arrow

आईटी गोदाममा बाढी छिर्यो, डेढ करोडभन्दा बढीको क्षति

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
dhobikhola-flood.jpg

काठमाडौं । मंगलबार राति परेको अविरल वर्षाको कारण काठमाडौंको अनामनगरमा एक आईटी गोदाम डुबानमा परेको छ । वर्षाको कारण अनामनगरमा रहेको बारकोड नेपाल प्रालि डुबानमा परेको हो ।
 
डुबानको कारण १ करोड ५० लाखभन्दा बढीको सामग्रीहरु नष्ट भएको कम्पनीका सञ्चालक भीमेश्वर मल्लले जानकारी दिए ।

अविरल वर्षापछि धोबीखोलामा आएको बाढी बस्तीमा पसेको हो । मंगलबार रातिको बाढी अनामनगरका बस्तीहरुमा पसेको छ ।

विगत केही समययता लगातारको वर्षाको कारण काठमाडौं लगायतका क्षेत्रहरुको जनजीवन प्रभावित बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ