arrow

११ वर्षीय बालकले गरे अमेरिकी निर्वाचन वेबसाइट ह्याक 

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
us_boy.png

काठमाडौं । ११ वर्षीय एक बालकले अमेरिकाको फ्लोरिडाको निर्वाचनको वेबसाइट ह्याक गरेका छन् । उनले १० मिनेटभित्रै सो साइट ह्याक गरिदिएका हुन् । उनले एक ह्याकर सम्मेलनको क्रममा आफ्नो कला देखाएका हुन् । अमेरिकाको निर्वाचनको विषयमा विभिन्न किसिमको आशंकाहरु उत्पन्न भइरहेको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको हो । 

मंगलबार सार्वजनिक गरिएको विवरणअनुसार यस किसिमको वेबसाइट गर्नसक्ने ३५ बालबालिकाहरुमध्ये उक्त बालकले सबैभन्दा छिटो सो वेबसाइट ह्याक गरेका हुन् । यो सम्मेलनमा ५ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरु सहभागी भएका थिए ।
 
यो सम्मेलन अमेरिकाको निर्वाचनको संरचनाहरुको परीक्षणको लागि आयोजना गरिएको थियो । यस विषयमा अमेरिकाको सम्बन्ध्ति निकायले भने यो कार्यक्रमको उद्देश्यको प्रशंसा गरेको छ । यद्यपि उसले यो परीक्षणको भन्दा थप केही सुरक्षा उक्त प्रणालीमा रहेको दाबी गरेको छ । 

अधिकारीहरुले अमेरिकाको यो प्रणाली ह्याक गर्न निकै कठिन रहेको बताएका हुन् । अमेरिकका राज्यहरुमा मध्यावधि निर्वाचनको तयारी भइरहेको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको हो । आगामी नोभेम्बर महिनामा अमेरिकाको निर्वाचनमा रुसको भूमिका महत्वपूर्ण हुनसक्ने भन्दै विश्लेषकहरुले चेतावनी दिइरहेका छन् । 

उक्त आयोजनाका सहभागीहरुले पार्टीको नाम परिवर्तन गर्नुका साथै १२ अर्ब फर्जी भोटहरु देखाएका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ