arrow

सेल्फी खिच्दा हिल्सामा ज्यान गुमाएका मेहतालाई भारत लगिँदै

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
meheta.jpg

सुर्खेत ।  मानसरोवर जानका लागि हुम्ला सदरमुकामबाट हिल्साका लागि उडेको मनाङ्ग एयरको कल साइन ९एन-एमभी हेलिकप्टरको पङ्खा लागेर हिल्सामा मृत्यु भएका भारतीय नागरिकलाई उनकै देशमा लगिने भएको छ ।

हिल्सामा हेलिकप्टर अवतरण गरेपछि बाहिर निस्केर सेल्फी खिच्ने क्रममा भारतीय तीर्थयात्री नगेन्द्र कुमार कार्तिक मेहेताको हेलिकप्टरको पङ्खाले काट्दा घटनास्थलमै निधन भएको थियो । महाराष्ट्रको मुम्बइ घर भएको मेहेताको पासपोर्ट नम्वर जेड ३३८५२८५ रहेको छ ।

उनि ओर्लेर सेल्फी खिच्ने क्रममा पछाडिको पङ्खा लागेर मृत्यु भएको हो । मेहताको शव मङ्गलबार नै हिल्साबाट सिमकोट पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले मृतकका परिवारबाट जाहेरी लिई बयान सकेर शव परीक्षण गर्न थालिएको बताए । शव परीक्षणपश्चात् आफन्तलाई बुझाई हेलिकोप्टरबाट काठमाडौँ हुँदै भारत लगिने तयारी गरिएको छ ।

सेल्फी खिच्ने क्रममा पङ्खा लागेर मेहताको टाउको क्षतविक्षेत भएको थियो । उनको परिवारसहित तीन जना आफन्त मुम्बईको एक्स्प्लोर कैलाश ट्रेक प्राइभेट लिमिटेडबाट एक हप्ताका लागि मानसरोवर दर्शन गर्न गएका थिए ।  

हेलिकप्टरबाट बाहिर निस्किदा पङ्खा केहिबेर घुमि रहेको अवस्थामा अगाडि पट्टिको भागबाट जानलाई सहायकहरूले जानकारी गराउँदा गराउँदै सेल्फी खिच्न गएका उनले सावधानी अपनाउन नसक्दा तीर्थयात्रुको दुर्घटनामा परि दु:खद निधन भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ