arrow

स्वतन्त्रता दिवसको अवसरमा मोदीको तीन महत्वाकांक्षी घाेषणा

अन्तरिक्षमा भारतीय पठाउनेदेखि सेनामा महिलालार्इ समान अधिकारसम्मकाे याेजना

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
modi6.jpg

काठमाडौ । बुधबार भारत आफ्नो ७२ औं स्वतन्त्रता दिवस मनाइरहेको छ । स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै तीन ठुला योजनाहरु अघि सारेका छन् । जसमा अन्तरिक्षमा भारतीयहरु पठाउने, आयुष्मान भारत र महिलालाई सेनामा प्रवेश दिनेलगायतका योजनाहरु रहेका छन् । 

मोदीले गरेको पहिलो घोषणामा सन् २०२२ सम्म अन्तरिक्षमा भारतीय पठाउने उल्लेख गरिएको छ । यससँगै भारत अन्तरिक्षमा मानिस पठाउने विश्वको चौथो मुलुक बन्नेछ । मुलुक स्वतन्त्र भएको ७५ वर्ष पूरा हुँदा कुनै भारतीय अन्तरिक्षमा पुगेको हुने मोदीले बताए । 

पछिल्लो समय भारतीय वैज्ञानिकहरुले महत्वपूर्ण सफलता हासिल गरेको भन्दै अब भारतीय विमान मानिसहरुसहित अन्तरिक्षमा जाने उनको विश्वास छ । 

भारत अहिले यो योजनाको लागि प्रयासरत रहेको छ । जसका लागि उसले करिब ९० अर्ब भारतीय रुपैयाँबराबरको खर्च छुट्याएको छ । भारतले गरिब तथा स्वास्थ्य सेवा नपाएका मानिसहरुलाई निकै सुलभरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने योजनाअनुसार आयुष्मान भारतको योजना अघि सारेको छ । 

आगामी सेप्टेम्बर २५ देखि भारत यो योजना अघि सार्ने दिशामा अघि बढिरहेको छ । भारतले सेनामा महिलालाई पनि अधिकार दिने भएको छ । मोदीले गरेको तेस्रो महत्वपूर्ण घोषणामा महिलालाई पनि सेनामा प्रवेशको अनुमति प्रदान गरिने उल्लेख गरिएको हो । महिलाहरुलाई पनि पुरुषसरहको अधिकारका लागि सेनामा महिलालाई पनि अधिकार दिने योजना अघि सारिएको मोदीले बताएका हुन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ