arrow

अफगानिस्तानको चेकपोस्टमा तालिवानको आक्रमण, ३० सैनिक जवानको मृत्यु

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
afg.jpg

काठमाडौं । उत्तरी अफगानिस्तानको दुई चेकपाेस्टमा तालिवानले गरेको आक्रमणमा परी कम्तीमा ३० सेना तथा प्रहरीको ज्यान गएको छ । बुधबार अफगानिस्तानका अधिकारीहरुले दिएको जानकारीअनुसार अफगानिस्तानको बगलान प्रान्तमा रहेको बगलान–ए–मरकजीमा मंगलबार रात आक्रमणपछि आतंकवादीहरुले चौकिमा आगो लगाइदिएका हुन् । 

बगलानका सांसद दिलावर अयमाकले आक्रमणको पुष्टि गरेका छन् । तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले आक्रमणको जिम्मा लिएका छन् । यसैबीच गजनीको अवस्था बिस्तारै समान्य बन्दै गएको बताइएको छ । गत शुक्रबार पनि उक्त स्थानमा तालिवानले आक्रमण गरेको थियो । 

प्रान्तीय गभर्नरका प्रवक्ता आरिफ नुरीले पछिल्ला दिनहरुमा अफगानिस्तानमा ३५ जना मानिसहरुको ज्यान गएपछि जनजीवन विस्तारै सामान्य बन्दै गएको बताए । 

उनका अनुसार अहिले अफगानिस्तानका अस्पतालहरुमा घाइते मानिसहरु आइरहेका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ