arrow

काठमाडौंमा सम्झिए स्वर्गिय पंगेनी, देशले लोकतन्त्रवादी नेता गुमायो : श्रेष्ठ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ साउन ३० बुधबार
pangenis.jpg

स्याङ्जा ।  नेपाली कांग्रेस स्याङ्जाका पार्टी सभापति कमल पंगेनीको निधन भएको १२ औं दिनको श्रदाञ्जली सभा काठमाडौंमा सम्पन्न भएको छ ।

नेपाल विद्यार्थी संघ स्याङ्जा काठमाडौं सम्पर्क समितिले आयोजना गरेको श्रदाञ्जली सभामा पंगेनीले पार्टीमा खेलेको भुमिकाको चर्चा गरिएको थियो । श्रदाञ्जली सभामा वोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पंगेनीको निधनले स्याङ्जा मात्रै नभएर देशकै लोकतान्त्रिक नेता गुमाएको बताए ।

पंगेनीले कांग्रेस पार्टीमा देखाएको भुमिकाको चर्चा गर्दै नेता श्रेष्ठले पंगेनीको निधनले कांग्रेस पार्टीलाई ठुलो क्षती भएको उल्लेख गरे । पंगेनीले विद्यार्थी राजनीतिबाट शुरु गरेको यात्रा कांग्रेसको जिल्ला सभापति सम्म पुगेर अन्त्य हुन पुग्यो नेता श्रेष्ठले भने,“पंगेनीले देखाएको बाटोलाई कांग्रेसले कहिल्यै भुल्ने छैन र अन्त्य हुन पनि दिने छैन ।” पार्टीले पंगेनीले देखाएको बाटोलाई अनुसरण गर्ने श्रेष्ठले बताए ।

पुर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले पछिल्लो समय सरकारले गरेका काम कारवाहि प्रति आक्रोसित हुदै सरकार अधिनायकको बाटोमा हिडेको जिकिर गरे । स्थानीय निकायमा मनपरी कर असुल्ने कार्यले जनताको ढाड सेकिएको भन्दै मनपरी कर नअसुल्न श्रेष्ठले सरकारलाई आग्रह गरे ।

उक्त श्रदाञ्जली सभामा नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य धनराज गुरुङ्ले स्याङ्जाको पार्टी संगठनका पहरेदार गुमाउनु परेको पिडाले कांग्रेस शोकमा डुवेको बताए । समकालिन राजनीतिक यात्राको स्मरण गर्दै नेता गुरुङ्ले पार्टीका कुशल संगठनकर्ता रहेका पंगेनीले पार्टीमा देखाएको भुमिका कांग्रेसले कहिल्यै नभुल्ने चर्चा गरे । पार्टीले कुशल सभापति र संगठनकर्ता गुमाउदाको शोकलाई शक्तिमा बदल्न सबै कांग्रेसहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डे, नेपाल महिला संघ कार्यबहाक अध्यक्ष सरस्वति तिवारी, नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति विकास लामा, नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरा, महामन्त्री कुन्दन काफ्ले, आनन्दराज त्रिपाठी, पुव महामन्त्री उमेशजंग रायमाझी, पुर्व सहमहामन्त्री बलदेव तिमिल्सिना, प्रदेश नं. ४ नेपाल शिक्षक संघका उपाध्यक्ष भरत लम्साल लगायतका बक्ताहरुले स्वर्गिय पंगेनीले कांग्रेस पार्टीमा गरेको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रम नेपाल विद्यार्थी संघ स्याङ्जा काठमाडौं सम्पर्क समितिका सभापति दिपेनद्र क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको पुर्व सभापति दिपक न्यौपानेले जानकारी दिए । पार्टी सभापति पंगेनीको साउन २० गते हृदयघातका कारण स्याङ्जामा निधन भएको थियो ।

नेपाली कांग्रेस स्याङ्जाले स्वर्गिय पंगेनीको भदौ १ गते नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आथित्यतामा श्रदाञ्जली सभा गर्ने स्याङ्जा क्षेत्र नं. २ का सभापति अर्जुनप्रकाश अर्यालले जानकारी दिए । स्वर्गिय पंगेनीका परिवारलाई समवेदना व्यक्त गर्न कांग्रेसका नेता तथा विभिन्न जिल्लाका पार्टी सभापति तथा शुभेच्छुकहरु स्याङ्जा भीरकोट स्थित पंगेनीको घरमा पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ