arrow

उत्तर कोरियाली नेतालाई रुसी राष्ट्रपतिको निमन्त्रणा

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
Putin_Press_confrence.jpeg

सोल। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ उनसँग भेटघाट गर्न तयार भएकाछन्। पुटिनले छिटै किमसँग भेटघाट गर्ने उत्तर कोरियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएका छन्।

पुटिनले उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनलाई अगामी महिनामा रुसको भ्लादिभोस्तोकमा हुन गइरहेको आर्थिक मञ्चमा निमन्त्रण गरेका छन्।

उत्तर कोरियाली नेता किमले भने यस निमन्त्रणाबारे कस्तो प्रतिक्रिया देखाउछन् प्रष्ट भएको छैन। कोरियाली स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति पुटिनले पठाएको सन्देशमा नेता किम सम्मेलनमा भाग लिने आकाङ्क्षा व्यक्त गरेका छन्।

“जतिसक्दो चाँडो किमसँग भेटघाट गरी द्वीपक्षीय सम्बन्ध र क्षेत्रीय मामिलाका विविध विषयमा छलफल गर्न तयार छौं,” राष्ट्रपति पुटिनको भनाई उद्धृत गर्दै उत्तर कोरियाको आधिकारिक समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ। तर सन्देशमा भेटघाटको यकिन मिति भने दिइएको छैन।

दक्षिण कोरियाको पनि सहभागितामा आपसी समन्वयसहितको त्रिकोणीय परियोजनाको थप विकास हुने पुटिनले आशा गरेका छन्। किमले पनि पुटिनलाई सन्देश पठाएको छ, तर पत्रमा पुटिनको निमन्त्रणाको विषयमा किमले कुनै प्रतिक्रिया दिएका छैनन्।

कोरियाली प्रायःद्वीपमा शिध्र रुपमा कुटनीतिक सम्बन्ध सामान्य हुनुको पछाडि किमले दुई पटकसम्म दक्षिण कोरियाली राष्ट्रपतिसँग भेटघाट गर्नु तथा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटघाट रहेको बताइन्छ। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ