arrow

न्याम्सको भिसी बन्न व्यापक चलखेल, मन्त्रीलाई प्रभावित पार्न हतकण्डा अपनाइदै

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
nams.jpg

काठमाडौं । १२९ बर्ष पुरानो वीर अस्पताल २०६३ सालमा प्रतिष्ठान भएपछि  एम डि, एम एस, डिएम, एमसीएच पढाइ भइरहेको छ भने स्टाफ नर्स बीएन, एमएनलगायत अध्ययन पनि भइरहेको छ। साउन २३ मा विवादित र अनियमितताको आरोप लागेका भिसी डा. गणेश गुरूङको म्याद समाप्त भएको छ भने साउन २६ मा अन्य पदाधिकारी रेक्टर, रजिस्टार र डीनको पनि अवधी समाप्त भएको छ ।

त्यसपछि साउन २४ मा प्रतिष्ठान ऐनअनुसार प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी ओलीले सिफारिस समिति बनाएका हुन् । समितिमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमत्री एवं न्याम्सका सहकुलपति उपेन्द्र यादवको सँयोजकत्वमा स्वास्थ्य मन्त्रालयमा विज्ञ डा. सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटा रहेको समिति गठन भएको हो । समितिले भिसीको लागि योग्य डाक्टरले कार्ययोजनासहित निवेदन दिन २६ गतेदेखि १५ दिनको सूचना पनि निकालेको छ । निवेदन आएपछि समितिको सिफारिस गरेको नाममध्ये कुलपति एवं प्रधानमन्त्रीले उपकुलपतिको नियुक्ति गर्नेछन् ।

हाल उपकुलपतिको दौडमा वीरका डा. सिताराम चौधरी, डा. श्रीकृष्ण गिरी, डा. जागेश्वर गौतम र डा भगवान कोइरालासँगै डा. डिएन शाह पनि छन् । रजिस्टारमा भने एक्लै दौडमा मेडिकल काउन्सिलका रजिस्टार एवं प्रमका  निजी डाक्टर दिलिप शर्मा छन् भने निर्देशकमा भने डा भुपेन्द्र बस्नेत नै दोहोरिने सम्भावना छ ।

डा. भुपेन्द्र को पालामा वीरमा सुधार भएकाले अधिकांश कर्मचारी र आधिकारिक ट्रेड युनियनको पनि डा. बस्नेत पुनः आउनुपर्ने माग छ । बिहीबार नै वीर अस्पतालका अधिकांश कर्मचारीहरूको प्रतिनिधित्व गर्दै तथा न्याम्सको आधिकारिक ट्रेड युनियनले स्वास्थ्य मन्त्रीलाई भेटी पदाधिकारी नियुक्तिमा प्रतिष्ठान सेवाको कर्मचारी एवं शिक्षकमध्येबाट नियुक्ति गर्न, वीरमा स्वास्थ्य सेवालाई चुस्त सेवा पार्ने ट्रमा सेन्टरलाई नेपाली जनताको अस्पताल बनाउन र सस्तो उपचार सेवा दिने अदालतको आदेशअनुसार संस्थालाई स्वायत्तरुपमा सञ्चालन गर्नुपर्ने, विगतका भ्रष्ट आउन नहुने माग गरेका छन् । प्रतिनिधीमण्डलले गुरूङ र वीर खरिद एकाइले गरेको भष्टाचारको छानबिन गर्ने माग गरेका छन् ।

वीरमा रहेको नेकपा निकट कर्मचारीहरु पनि वीर अस्पतालमा कार्यरत अनुभवी डाक्टरलाई भिसी बनाउनुपर्ने, रजिस्टारमा डा. दिलिप शर्मा र निर्देशकमा डा भूपेन्द्र बस्नेतलाई दोहोर्याउन सहमत छन् भने ट्रमा सेन्टरको निर्देशकमा भने डा प्रमोद यादबको सिफारिसमा छन्।

पूर्व भिसी डा. गुरूङको पालामा व्यापक अनियमितता भएको, गुरूङले पार्टीको सिफारिसअनुसार काम नगरेको,  सिफारिस भएकासँग नियुक्तिपछि विभिन्न बहानामा पैसा उठाएको र उनीविरूद्ध अख्तियार र सतर्कताले छानबिन गरेको भएर अब उनी जस्ता भष्टाचारको आरोपितलाई ल्याउन नहुनेमा एकमत छन् । तर उता डा गुरूङले आफ्नो पालामा अनियमितता गरी करोडौ कमाएकाले आफूले स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई रकम खुवाएरै प्रभावित पारेरै भि सी हुन्छु भन्दै हिँडेका वीरका कर्मचारी बताउँछन। वीर अस्पतालमा उपकरण सप्लाई गर्ने व्यापारीसँग पुनः भिसी बन्न भन्दै गुरुङ्ले साँठगाँठ गर्न थालेका छन् ।

उता आईओएमको डिन भइसकेका डिएन शाह समेत ब्रिफकेश बोकेर दौडधुपमा रहेको वीर अस्पतालकै कर्मचारीहरू बताउँछन् । यसबीचमा वीरका कर्मचारी र डाक्टरहरू भने वीरमै कार्यरत वरिष्ठ डाक्टर र अनुभवीबाट भिसी बनाउनुपर्ने अन्यथा आफूहरु लाई मान्य नहूने र सेवारत  स्वास्थ्य सेवाभन्दा बाहिरबाट भिसी आए हाजिर गर्ने नदिने वरिष्ठ चिकित्सक र कर्मचारीहरू को तयारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ