arrow

संघद्वारा प्रशासनिक प्रमुखलाई स्वागत

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
taulihawa1.jpg

कपिलवस्तु ।  तौलिहवा उद्योग बाणिज्य संघले जिल्लामा हालै मात्र  सरुवा भै आएका प्रशासनिक र सुरक्षा निकायका प्रमुखलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेल, प्रहरी उपरिक्षक मनोज कुमार यादव, शसस्त्र प्रहरी २८ नं. गणका शसस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारी र राष्ट्रिय अनुसन्धान बिभागका उप अनुसन्धान निर्देशक नन्द कुमार धिताललाई स्वागत गरिएको हो ।

 सो अवसरमा  लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले खुल्ला संग्राहलयको रुपमा रहेको बुद्धस्थलको बिकासका लागी उद्योगी, व्यवसायी, स्थानिय प्रशासन र नागरिक बिच सहकार्यको गरी काम गर्नपर्नेमा जोड दिए  ।

 स्थानीय उद्योगी व्यवसायीले मर्यादित रुपमा राज्यका निती नियम अबलम्बन गरेर व्यवसाय गर्न सुझाव दिदै व्यवसायी हितका पक्षमा प्रशासन सधै रहने  प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलले बताए । संघमा आबद्ध उद्योगी व्यवसायीले राज्यले तोकेको मुल्य मान्यता अनुसार व्यापार व्यवसाय गर्ने प्रष्ट पार्दै स्थानिय प्रशासनले व्यवसायीका समस्या समाधान गर्न पहल कदमी लिनेमा आफुहरु बिश्वस्त रहेको संघका अध्यक्ष गयादिन कुर्मीले बताए ।

 संघका प्रेस सल्लाहकार खग प्रसाद चापागाईको सञ्चालन र महिला सदस्य शान्ता सापकोटाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा संघका कार्यसमिति सदस्य तथा स्थानीय व्यापारीहरुको सहभागिता रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ