arrow

काठमाडौबाट पाल्पा पुगेका एसपी पोखरेल भन्छन् - 'राजनीतिक दवाबमा पर्दिन, कानुनको पालन गर्छु'

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ साउन ३० बुधबार
sp-pokhrel.jpg

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक (एसपी) विश्वमणी पोखरेलले जिल्लाको शान्ती सुरक्षा कायम गर्न राजनितिक दवाबमा नभई कानुनको पालना गरी काम गर्ने बताएका छन्  ।

 हालै प्रहरी प्रधान कार्यालय काठमाडौबाट सरुवा भई पाल्पा प्रहरी प्रमुखको जिम्मेवारीमा आएका प्रहरी उपरिक्षक पोखरेलले बुधबार पत्रकार भेटघाट गरी  जिल्लामा देखिने गरी काम गर्ने बताएका हुन्  ।

 उनले जिल्लाका घटनाहरुमा प्रहरी संलग्नता देखिएका जागिर बर्खास्त सम्मको कारवाहीको लागि सिफारिस गर्ने समेत जानकारी दिए । सार्वजनिक सवारी साधनका चालक सहचालकलाई जिम्मेवार बनाउन अनिवार्य रुपमा ड्रेस लगाउनु पर्ने नियमलाई यातायात व्यबसायी संगको सहकार्यमा अगाडि बढाउने प्रहरी प्रमुख पोखरेलले बताए ।

 बढ्दै गएको लागु पदार्थ सेवन, बढ्दो सवारी दुर्घटना महिला हिंसा, बलात्कारका घटनाहरुलाई न्युनिकरणको लागि सक्रिय भएर काम गर्ने प्रहरी उपरिक्षक पोखरेलले बताए । पाल्पा पर्यटकीय क्षेत्र भएकोले पर्यटकहरुलाई केन्द्रित गरी जिल्ला पर्यटन प्रहरी परिचालन गर्ने योजना बनाएको उपरिक्षक पोखरेलले जानकारी गराए । उनले भने ‘तानसेन नगरलाई सवारी साधनको हर्नमुक्त शहरको रुपमा विकास गर्न तानसेन नगरपालिकाको सहकार्यमा काम गर्ने योजना रहेको छ ।’

कार्यक्रममा बरिष्ट पत्रकार मेघराज शर्मा, महासंघका पूर्व अध्यक्ष भगवान भण्डारी, महासंघका सहसचिव कृष्ण कार्की, कोषाध्यक्ष मिलन विक, पत्रकारहरु, कमल तिमिल्सीना, कृष्ण पोखरेल, देव पचभैया मुक्ति न्यौपाने, यज्ञमुर्ति तिमिल्सीना लगायतले टिपर सञ्चालनलाई व्यवस्थित गरी टाईम कार्ड लागु गर्नुपर्ने, जथाभावी पार्किङ गर्ने सवारी साधनहरुलाई कडा कारवाही गर्नुपर्ने, चाडवार्डको समयमा बढी भाडाँ लिने सवारी साधनका चालक तथा सवारी धनीहरुलाई कारवाही गर्नुपर्ने, राज्यले जारी गरेका नियम कानुनको पालना गराउन सक्रिय हुनुपर्ने, मापसे चेकजाचँलाई नियमित बनाउनु पर्ने, बढ्दो साईवर क्राईमलाई नियन्त्रण  गर्नुपर्ने, ट्राफिक नियमलाई कडाईका साथ लागु गर्र्नु पर्ने , प्रहरीको नारा अनुसार को व्यवहार हुनुपर्ने, सवारी साधनको ढोकामा पनि सवारी अनिवार्य राख्नु पर्ने व्यवस्था बनाउन प्रहरी प्रमुख पोखरेललाई सुझाव दिएका थिए ।

 सर्वसाधरण देखी सबैको जानकारी दिने प्रहरी नियन्त्रण कक्ष  १०० लाई थप व्यवस्थित, सूचनामैत्री, जिम्मेवारी वोध गर्ने  गरी व्यवस्थापन गर्न पत्रकारहरुले सुझाव दिएका थिए । कार्यक्रम प्रहरी नायव उपरिक्षक एव जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद घिमिरेको सञ्चालनमा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ