arrow

स्वर्गद्वारीको सम्पतिमा साँटिएको हेमाको महामण्डलेश्वर

स्वर्गद्वारी महाप्रभुका शिष्यहरु हेमाको संदिग्ध व्यवहारप्रति रुष्ट

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
sworgadwari-mahaprabhu-students.jpg

अयोध्या। नेपालको प्यूठानमा रहेको स्वर्गद्वारी आश्रमको शाखा कैलाश उमाकुण्ड आश्रम मातहतको अयोध्यास्थित आश्रमलाई शंकाराचार्य दावी गर्दै आएकी हेमानन्द गिरीले अनधिकृत रुपमा जुना अखाडालाई दिएको खुलासा भएको छ। 

स्वर्गद्वारी महाप्रभूका शिष्य ब्रह्मभ्यास स्वामी महाराजको नाममा अयोध्यामा रहेको दिव्य आश्रम र केही जग्गा उनको शेषपछि त्यहि परम्पराबाट ब्रह्मभ्यास स्वामीजिकी शिष्या लक्ष्मी गिरीको नाममा आएको थियो।लक्ष्मी गिरीको अवसान पछि उनकी शिष्य हालकी उमाकुण्डकी माता प्रकाश गिरीको नाममा आएको आश्रमको सम्पति हाल जुना अखाडाको नाममा पुगेको छ।

स्वर्गद्वारी छात्र परिषदले माता प्रकाश गिरिलाई ललाई फकाई हेमानन्दले सो जग्गा र आश्रम जुना अखडाको नाममा पास गराई आफू महामण्डलेश्वर बनेको आरोप लगाएको छ। आश्रमको सम्पति २०७०-७१ सालमा अखाडाको हेमाकै पहलमा अखाडाको नाममा हस्तान्तरण भएको पछि खुलासा भएको हो। अखाडाको महामण्डलेश्वर बन्न स्वर्गद्वारीको परम्परा र वैभवलाई नै सिध्याएको परिषदको भनाइ छ।  

स्वर्गद्वारी महाप्रभुका शिष्यहरुले आश्रमको श्रीसम्पति अखाडालाई बेचेर महामण्लेश्वर लिए जस्तै शंकराचार्य पद किन्न खोजेको बताएका छन्। हेमाले आफुलाई मर्यादित र सुसभ्य समाजको नेतृत्वदायी भुमिका बहन गर्ने शंकराचार्य पदको उमेद्वार हुँ भन्नु आफैँमा लज्जास्पद भएको उनीहरुको आरोप छ।

पौरस्त्य परम्परामा कुनै सामान्य मानव मात्र नभएर अलौकिक क्षमताले भरिएका विशिष्ट विद्वानहरूले ठूलो यागदान गरि आएको पाइन्छ। त्यस्तै दर्शनलाई मजवुत बनाउन साक्षात भगवानको अवतारका रुपमा अवतरित आद्यजगद्गुरु शंकराचार्यले स्थापना गरेको परम्पराको नेतृत्व आजका समयसम्म साधनाका माध्यमबाट हरेक कुराहरूलाई प्राप्त गरेका महापुरुषहरूले मात्र गरेको देखिएपनि विवाहित भएर पतिसँग छोडपत्र समेत गरिसकेकी हेमाको विगत नबुझी उनलाई शंकराचार्य बनाउन लागिपरेकाहरुलाई पनि आँखा खोल्न महाप्रभुका शिष्यहरुले आग्रह गरेका छन्।

पतिसँग सम्वन्ध विच्छेद गरेपछि पतन्जलि नेपालमा केहि समय काम गरेकी हेमा त्यहाँबाट निष्काशनमा परेपछि कुम्भमा पुगेर आफ्नो पूर्व समयका कुराहरू नभनिकन सिधै सन्यास दिक्षा लिएको उनको विगतलाई जान्नेहरु बताउँछन्। उनको परम्परा विरोधी कार्यको विरोध गर्दागर्दै पनि केही कथित विद्वानहरूको संस्था अखिल भारतीय विद्वत परिषदबाट पैसाकै भरमा हुँदै नभएको पशुपति मठको स्वघोषित शंकराचार्यका रूपमा समाजमा अफवाह फैलाउने काममा हेमा लागेको स्वर्गद्वारी आश्रम प्युठानका पुरुषोत्तम घिमिरेले बताए। 

आफ्नो विद्यार्थीकालमा राजनीति गर्दा चिनजान भएका व्यक्तिहरूको घर घर धाएर आफू शंकराचार्य भएको र त्यसको सम्मानमा देश लाग्नु पर्ने भनेर लागिपरेकी हेमाको वास्तविकताको तथ्य सार्वजनिक भएपछि नेपाल सरकारले पशुपतिमा हुने भनिएको उनको कार्यक्रम रोकिएको समेत घिमिरेले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ