arrow

काबुलमा आत्मघाती आक्रमण, ४८ को ज्यान गयो

logo
प्रकाशित २०७५ साउन ३१ बिहिबार
afg1.jpg

काठमाडौं । अफगानिस्तानको राजधानी सहर काबुलमा आत्मघाती बम विष्फोट भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार एक शैक्षिक केन्द्रमा यस किसिमको आक्रमण भएको हो । यो आक्रमणमा परी ४८ जना मानिसहरुको ज्यान गएको छ । 

पढाइ जारी रहेको अवस्थामा केन्द्रभित्र आत्मघाती हमला गर्ने व्यक्ति प्रवेश गरेका थिए । उनले बम फिट गरेको पेटी लगाएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा धेरै किशोरकिशोरीहरु रहेको बताइएको छ । अफगानिस्तानको विश्वविद्यालयको प्रवेश परीक्षाको लागि ट्युसन कक्षा लिइरहेको अवस्थामा यस किसिमको आक्रमण भएको हो । 

यसअघि अफगानिस्तानको बागलान प्रान्तमा भएको आक्रमणमा परी ९ प्रहरी र ३५ जना सुरक्षाकर्मीको ज्यान गएको थियो । तालिवानले काबुलमा भएको आक्रमणमा भने आफ्नो कुनै संलग्नता नरहेको बताएको छ । काबुलको क्षेत्र धेरै सिया मुस्लिम रहेको देखिएको हो । अफगानिस्तानका सिया समुदायहरु सुन्नि मुस्लिमको निसानामा पर्दै आएका छन् । 

प्रहरीले बुधबार भएको सो आक्रमण आत्मघाती रहेको पुष्टि गरेको हो । उक्त शैक्षिक केन्द्रमा अध्ययन गरिरहेकामध्ये धेरै विद्यार्थीहरुको ज्यान गएको प्रहरीले बताएको छ । अफगानिस्तानको घान्जी क्षेत्रमा पछिल्लो समय उल्लेख्यमात्रामा आक्रमणहरु बढिरहेको छ । विशेषगरी तालिवानको आक्रमणको कारण यो सहर अशान्त बन्न पुगेको हो । अधिकारीहरुका अनुसार यो सहरमा एक सयभन्दा बढी मानिसहरुको ज्यान गइसकेको छ । 

संयुक्त राष्ट्रसंघका अधिकारीहरुले यो सहरमा आगामी दिनमा १५० जनासम्म मानिसहरुको ज्यान जानसक्ने चेतावनी दिएको छ । पाँच दिनको युद्धपछि यो सहर अहिले अफगानी सुरक्षाकर्मीको नियन्त्रणमा रहेको छ । यद्यपि तालिवान भने यो क्षेत्र पुनः आफ्नो कब्जामा पार्ने दाउमा रहेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ