arrow

कीम जोङ उनका भाइको हत्याको सुनुवाई गर्ने आदेश

logo
प्रकाशित २०७५ साउन ३१ बिहिबार
kim-jong-nam.jpg

क्वालालम्पुर ।  मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा सुनुवाई गर्न आदेश दिएको छ ।

“आरोपित महिलाहरुले आफूमाथि लागेका आरोपको सफाईका लागि प्रक्रिया अगाडि बढाउन सक्छन्,” शाह आलम उच्च अदालतका न्यायाधीश आज्मी आरीफिनको आदेशमा भनिएको छ ।

हत्या आरोपीहरुमा इन्डोनेसियाकी सिती आइस्याथ र भियतनामकी डोएन थी हुओङ रहेका छन् । ती महिलाले कीम जोङ नामलाई क्वालालम्पुर विमानस्थलमा स्नायूशक्ति ध्वस्त पार्ने भीएक्स एजेन्टले आक्रमण गरेका थिए ।

यो आदेशको अर्थ नै अभियोजन हो । महिनौंदेखि यो मुद्दा अदालतमा विचाराधीन छ । उक्त अभियोजन अनुसार थुनामा रहेका महिलाहरु विरुद्ध हत्या आरोपको पुष्टी गर्ने पर्याप्त प्रमाणहरु छन् ।

अदालतको आदेशपछि दुबै महिला आश्चर्यचकित हुँदै रुवाबासी गरेका थिए । पर्याप्त प्रमाण नभएको भए न्यायाधीशले दुबै महिलालाई छोड्ने आदेश दिने थिए ।

आइस्याथका वकील गूई सूनले संवाददाताहरुलाई भने ः “हामी अदालतको आदेशबाट असाध्यै निराश छौं, सुनुवाईका क्रममा हामी सकेसम्म प्रतिरक्षा गर्ने प्रयत्न गर्नेछौं ।”

दोषी ठहर भएमा दुवै महिलाले मृत्युदण्डको सजाय पाउने छन् । कोरियाली जासूसको फन्दामा परेर आफूहरुले कीममाथि आक्रमण गरेको दुवै महिलाको दाबी छ । कीममाथि प्रहार गरिएको वस्तु खतरनाक हतियारमा सूचीकृत छ ।

महिनौंसम्मको सुनुवाईका क्रममा अदालत समक्ष ती महिलाले आफूहरुलाई चारजना उत्तर कोरियालीले तालिम दिएको र हत्यामा उनीहरुकै प्रत्यक्ष संलग्नता रहेको बताउँदै आएका थिए ।

महिलाहरुतर्फका वकीलहरुले सरकारी अधिकारीहरुले आरोपित महिलाहरुले कीमको हत्या गर्नुपर्ने आधार प्रमाण जुटाउन नसकेको दाबी गरिरहेका छन् । उत्तर कोरियाली सत्तारुढ परिवारको समर्थन जुटाउन नसकेपछि कीम एक दशकदेखि निर्वासनमा रहँदै आएका थिए । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ