arrow

सर्वोच्चको वेबसाइटबाट हटाइयो कामु जोशीको नाम, क्वाटरमा रोकियो रासनपानी

logo
प्रकाशित २०७५ साउन ३१ बिहिबार
courts.JPG

काठमाडौं ।  सर्वोच्च अदालतको वेबसाइटबाट कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशी नाम हटाइएको छ। कायममुकायम प्रधानन्यायाधीश जोशीको नाम संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा अस्वीकृत  गरेसँगै उनी बिदामा बसेका थिए ।

उनको बिदा आतबार सकिँदै छ । उनी बिदामा बसेपछि वरिष्ठताको आधारमा न्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्चको पेशी तोक्दै आएका छन् । संसदीय सुनुवाइ समितिले प्रधानन्यायधीशमा जोशीको नाम अस्वीकृत गरेयता राजीनामाको दबाब पर्दै आएको छ ।

वरिष्ठताको आधारमा जोशी रहे पनि  सर्वोच्चको वेबसाइटमा  कामु प्रधानन्यायाधीश भनेर ओमप्रकाश मिश्रको नाम राखिएको छ । बिदा बसेका जोशीको नाम सर्वोच्च प्रशासनले हटाएर मिश्रको नाम राखेको हो ।  

साथै  जोशीको नाम हटाइएसँगै सर्वोच्च प्रशासनले कामु प्रधानन्यायाधीशको क्वाटरमा रासनपानी समेत रोकेको छ ।  प्रधानन्यायाधीशको सरकारी निवास प्रधानमन्त्री निवास बालुवाटारसँगै रहेको छ ।

रासनपानीको समेत कटौती गरेर सरकारले सर्वोच्च प्रशासनमार्फत नै जोशीलाई आफ्नो पदबाट हट्न मनोवैज्ञानिक दबाब दिएको रुपमा रासन प्रकरणलाई लिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ