arrow

आगलागीमा परेर २१ महिनाकी बालिकाको गयो ज्यान, आमा गम्भिर घाइते

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ साउन ३१ बिहिबार
panchtar.png

पाँचथर ।  पाँचथरको फालेलुङ गाउपालिका–५ स्थित एक घरमा आगलागि हुँदा २१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु भएको छ । छोरिलाई वचाउने क्रममा आमा गम्भिर घाइते भएकि छिन् । बुधबार दिउँसो घरमा आगलागि हुंदा अविनारायण राईको छोरि सुमिता राईको आगोले जलेर मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।

आमा कमला छोरिलाई घरभित्र सुताएर घाँस काट्न गएकी र श्रीमानपनि अलैचीं बगानमा काम गर्न गएका थिए । घरमा आगो लागेको देखेर घर फर्किदां छोरी आगोले जलिरहेको अवस्थामा देखेपछि वचाउने क्रममा आमापनि घाइते भएको पाँचथर प्रहरीले जनाएको छ ।

आगोले जलेर गम्भिर अवस्थामा भएकी ३५ वर्षीय कमलाको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

घर एकान्तमा रहेकाले स्थानीयलाई घटनास्थल पुग्न समय लागेकालेपनि तत्काल आगो नियन्त्रणमा आउन नसकेको स्थानीयले वताएका छन् । दुई तले घर आगलागिबाट नष्ट हुदां मानविय क्षतीसँगै ७ लाख ६५ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी निरिक्षक अनिलकुमार पौडेलले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ