arrow

के गर्दैछन् प्रधानन्यायाधीश बन्न ‘निषेधित’ जोशी ?

भन्छन् : आइतबारसम्ममा निर्णय लिन्छु

logo
प्रकाशित २०७५ साउन ३१ बिहिबार
deepak2.JPG

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिलेको बहुमतले प्रधानन्यायाधीश बन्ने बाटो बन्द गरिदिएपछि कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी १५ दिने विदामा बसे । विशेष समितिले साउन १९ गते जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकृत गरेपछि पनि उनले भनेका थिए, कायम मुकायम मै हुँ पेशी मै तोक्छु ।

तर, उनले शनिबार राष्ट्रपतिकोमा गएर  विदा मिलाए र २० गते आइतबारदेखि विदामा बसे । उनी विदा बसेको आज १२ दिन पुगेको छ । अब उनले स्वीकृत गराएको बिदा सकिन ३ दिन बाँकी छ । उनी विदामा बसेपछि कायम मुकायम प्रधान न्यायाधिशको कार्यभार, ओमप्रकाश मिश्रले सम्हाल्दै आएका छन् । विदा सकिएर फर्किएपछि उनैले पेशी तोक्न पाउँछन् नियम अनुसार। 

विदामा बस्दा पनि अदालतकै काम
गएको १२ दिनको विदामा उनले काठमाडौं छाडेका छैनन् । उनले घरासयी कामकाजमा पनि खासै वास्ता गरेका छैनन् । यो अवधिमा फैसला बनाएर बसेका छन् । उनले विदाको अवधिमा ३५ वटा फैसला क्लियर गरेर अदालतमा पठाएको जानकारी दिए । बाँकी विदामा अरु केही फैसला तयार पार्ने पनि उनले बताए । फैसला बनाउनका लागि थुप्रै कानूनी किताबको रिफरेन्स लिनुपर्छ । त्यसैले ती फैसला तयार पर्न यसवीचमा केही कानुनका किताब अध्ययन गरेको पनि उनले जानकारी दिए । आज नागपञ्चमीको बिहान भने उनले धुम्बाराहीमा गएर नागको पूजा गरे । 

अदालत रिजोइन गर्छन् कि राजीनामा त ? 
संसदीय सुनुवाइ विशेष समितिले जोशीको शैक्षिक प्रमाणपत्र विवाद, विवादास्पद फैसला तथा सुनुवाइका क्रममा चित्तबुझ्दो जवाफ दिन नसकेको आरोप उनीमाथि लगाएको छ । विदामा बस्दैगर्दा उनले विज्ञप्ती निकाल्दै आफ्नो शैक्षिक प्रमाणपत्रबारे छानबिन गर्न चुनौती समेत दिएका छन्। संसदीय विशेष सुनुवाइ समितिमा दुई तिहाइले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि नै उनको राजीनामा आउने चर्चा समेत चलेको थियो ।

तर, उनले तत्काल राजीनामा नदिइ बिदा बस्ने बाटो रोजे । यही विदाको अबधिमा उनले कानुनविदसँग पनि के गर्ने भन्नेबारे विचार विमर्श गरिरहेको जानकारी दिएका छन् । निर्णय चाहिँ कहिलेसम्म लिने त ? उनले भने “अब बिदा सकिन ३ दिन बाँकी छ, पर्सीसम्ममा उपयुक्त निर्णय लिन्छु के गर्ने भन्नेबारे” ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ