arrow

भारतीय पूर्वप्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था नाजुक, २४ घण्टाभित्र दुईपटक अस्पताल पुगे मोदी

logo
प्रकाशित २०७५ साउन ३१ बिहिबार
Atal-Bihari.jpg

काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको अवस्था नाजुक बन्न पुगेको छ । बुधबार रातिदेखि उनको स्वास्थ्य अवस्था बिग्रिएकोमा अझै पनि सुधार आउन सकेको छैन । 

स्वास्थ्य अवस्था कमजोर बनेपछि विगत ९ साताअघि उनलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो । त्यसयता उनको स्वास्थ्यस्थिति स्थिर रहेको भए पनि बुधबार रातिबाट भने उनको स्वास्थ्य अवस्था थप कमजोर बन्न पुगेको हो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २४ घण्टामा दोस्रोपटक अस्पताल पुगेर पूर्वप्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । उनका साथै भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि अस्पताल पुगेका थिए । बुधबार राति पनि मोदी अस्पताल पुगेका थिए । 

पूर्वप्रधानमन्त्रीको स्वास्थ्य अवस्था बिग्रिएसँगै उनलाई भेट्न भारतीय जनाा पार्टीका धेरै नेताहरु अस्पतालमा पुगेका छन् ।
शुक्रबार र शनिबार हुन गइरहेको बीजेपीको राष्ट्रिय कार्यकारिणी बैठक पनि रद्द गरिएको छ । साथै सुरक्षा पनि बढाइएको छ । 

विपक्षी नेताहरु राहुल गान्धी, अरविन्द केजरीवाल, फारुक र उमर अब्दुल्लाले पनि अस्पताल पुगेर बाजपेयीको स्वास्थ्यअवस्था बारे जानकारी लिएका छन् ।  (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ