arrow

सत्ताको घोडा बन्न तयार नरहेका पत्रकारहरुलाई पाखा लगाउँदै सरकार

देशैभरका शाखा मार्फत सरकारलाई युनियनको ज्ञापन-पत्र

logo
प्रकाशित २०७५ साउन ३१ बिहिबार
Press_Union_KTM.jpg

काठमाडौं । प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरण धाँधलीपूर्ण र पूर्वाग्रही भएको भन्दै नेपाल प्रेस युनियन काठमाडौं शाखाले आन्दोलनको चेतावनी दिएको छ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै प्रेस युनियन काठमाडौं शाखाले वर्गीकरणको नतिजा खारेज गर्न माग गरेको हो । नेपाल प्रेस युनियन केन्द्रिय समितीको आव्हानमा देशैभरका शाखाहरु मार्फत सञ्चार मन्त्रीलाई ज्ञापन-पत्र बुझाईएको हो।  

शाखा अध्यक्ष नकुल अर्यालसहितको टोलीले प्रजिअमार्फत सञ्चार मन्त्रालयलाई ज्ञापनपत्र बुझाइएको र माग सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रेस काउन्सिलको संपरीक्षण समितिको सिफारिस लत्याएर सरकार समर्थित पत्रपत्रिकाहरुलाई मात्रै उच्च वर्गीकरणमा पारिएको युनियनको आरोप छ । ‘

पत्रपत्रिका वर्गीकरणका दौरान दशकौं देखि निरन्तर प्रकाशित मूलधारकै पत्रपत्रिकालाई पनि वेवास्ता गरि आचारसंहिता उल्लंघनमा ख्याति कमाएका पत्रपत्रिकाले उच्च ग्रेड पाउनुले प्रेस काउन्सिलको निष्पक्ष भूमिमाथि प्रश्न उठेको छ ।’, युनियनको ज्ञापन पत्रमा भनिएको छ ।

‘सत्ताको घोडा’ बन्न तयार नरहेका व्यवसायिक पत्रिकाहरुलाई विभेदपूर्ण व्यवहार गरिएका कारण ज्ञापन पत्र बुझाइएको अध्यक्ष अर्यालले जानकारी दिए ।

सरकार निरन्तर प्रेसप्रति आक्रामक बनेको र सत्ताको गुनगान गाउने पत्रकारितालाई मात्रै प्रबद्र्धन गरिएको भन्दै अध्यक्ष अर्यालले प्रेस युनियन कडा प्रतिवादमा उत्रने बताए ।

प्रेस युनियन, काठमाडौं सचिब महेश गौतमले विभेदकारी बर्गीकरणको तत्काल पुनरावलोकन नगरे चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्बजनिक गरिने जानकारी दिए । ज्ञापनपत्र बुझाउन उपाध्यक्ष देबी सापकोटा, पत्रकारहरु ज्ञानप्रसाद बाँस्तोला, डिल्ली सापकोटालगायत जिल्ला प्रशासन कार्यालय पुगेका थिए । 

नेपाल प्रेस युनियनका देशैभरका जिल्ला शाखाहरुले पनि विहीबार प्रजिअमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ