नाग टास्ने परम्परा हराउँदै गएपछि हिन्दू एकता मंचले टास्यो नाग
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ साउन ३१ बिहिबार
687
Shares
पाँचथर। नाग पंचमीको दिन प्रत्येक घरघरमा नाँगको तस्विर टास्ने गरिएतापनि पछिल्लो समय नाँग टास्न छोडेपछि राष्ट्रिय हिन्दू एकता मंच नेपाल राष्ट्रिय प्रचार प्रसार विभाग पाँचथरले बिहिबार सदरमुकाम फिदिम बजारमा नागको तस्विर टाँसेको छ।
शास्त्र हराए संस्कार हराउँछ,संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउँछ,पहिचान हराए राष्ट्र हराउँछ भन्ने नाराका साथ तस्विर टाँसिएको प्रचार प्रसार विभाग पाँचथरका प्रमुख टंकनाथ तिम्सिनाले बताए ।
पहिल्यै ब्राहमण समुदायका पण्डित तथा गुरुहरुले नाँग टास्ने गरेपनि अहिले यो प्रवृति हट्दै गएपछि यसलाई जोगाई राख्न र संरक्षण गर्नकै निम्ति पनि अभियानकै रुपमा आज र भोली नाँग टास्ने उनले बताए । आजको दिन सरिसृप अर्थात घस्रेर जमिनमा हिड्ने जनावरहरुको पूचा अर्चना गरिने दिन हो। श्रावण शुक्लपक्षको पंचमीमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ।