arrow

सैनामैनामा सवारी दुर्घटना : एकको मृत्यु, स्थानीयले जलाए गाडि

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ साउन ३१ बिहिबार

बुटवल । रुपन्देहीको सैनामैना –४ मुर्गिया लायन्स चौक नजिकै लु १ ज २७२८ नम्बरको गाडि (विङ्गगर) ले लु १ प ७७४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको छ । ठक्करबाट सैनामैना नगरपालिका स्थायी घर भएका ४० बर्षिय शेर बहदुर कुँवरको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको छ ।

कलिपवस्तुको जीतपुर(चारम्बर) बाट बुटवलतर्फ आउदै गरेको विङ्गगरले सैनामैना–१ रानिवगीया बाट रामापुर तर्फ जादै गरेका कुँवरलाई ठक्कर दिएको थियो ।

गम्भिर घाईते भएका उनलाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको थियो । उनको उपचारकोक्रममा मृत्यु भएको हो । विङ्गगर चालकले गम्भिर गल्ती गरेको भन्दै अक्रोसित स्थानियले विङ्गगर जलाएका छन् ।

आफ्नो साईडबाट हिडेको मोटरसाईक बाटोको छेऊमा गएर तिब्र गतिमा रहेको विङ्गगरले ठक्कर दिएको प्रत्यक्षर्शीले जनाएका छन् । विङ्गगार चालकले गम्भिर गल्ती गर्दै बोटोको बायाँ साईडबाट हिडेको मोटरसाईकलाई ठक्क्र दिएपछि स्थानियहरुले आक्रोसित हुदै विङ्गगरमा आगो लगाएका हुन ।

आगो निभाउनको लागि बुटवलबाट दमकल समेत गएको थियो । विङ्गरको लापरवाहीले गम्भिर दुर्घटना भएको भन्दै आक्रोसित स्थानियहरुले पुव पश्चिम राजमार्गको मुर्गियामा सडक अवरोध गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ