काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधन भएको छ । बिहिबार बेलुकी पख ९३ बर्षको उमेरमा उनको निधन भएको हो ।
अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साईन्स (एम्स) मा उनको “लाईफ सपोर्ट सिष्टम” मा राखेर विषेश उपचार प्रयास गरिएपनि उनलाई बचाउन सम्भव भएन ।
भारतीय जनता पार्टीका एकजना संस्थापक नेता वाजपेयी विभिन्न समयमा तीन पटक देशको कार्यकारी प्रमुख बनेका थिए ।
उनको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भइरहेको थियो । त्यहाँ उनको स्वास्थ्य अवस्था खस्केपछि जीवनरक्षा प्रणालीमा राखिएको थियो ।
मधुमेहका बिरामी वाजपेयीको गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना गरिएको थियो । उनको मिर्गौलाको सङ्क्रमणलगायत विभिन्न स्वास्थ्य समस्या पनि देखिएको थियो ।
भारतीय जनता पार्टीका एकजना संस्थापक वाजपेयी विभिन्न समयमा तीन पटक देशको कार्यकारी प्रमुख बनेका थिए । उनि सन् १९९६ मा १३ दिन, १९९८-१९९९ र अन्तिम पटक १९९९ देखि २००४ सम्म प्रधानमन्त्री रहे ।
उनको बुधबार रातिदेखि उनको स्वास्थ्य अवस्था बिग्रिएकोमा थियो। स्वास्थ्य अवस्था कमजोर बनेपछि विगत ९ साताअघि उनलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २४ घण्टामा दोस्रोपटक अस्पताल पुगेर पूर्वप्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए । उनका साथै भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि अस्पताल पुगेका थिए । बुधबार राति पनि मोदी अस्पताल पुगेका थिए ।
बाजपेयी पत्रकार पनि
बाजपेयी राजनीतिज्ञ मात्रै थिएनन् । उनले राजनीतिशास्त्रमा स्नातकोत्तर पास गरेपछि पत्रकारितामा आफ्नो करियर सुरु गरेका थिए ।
बाजपेयीले राष्ट्र धमै, पाँचजन्य र वीर अर्जुनको सम्पादन गरे ।
१९५१ मा उनी भारतीय जनसंघका संस्थापक सदस्य थिए । आफ्नो कुशल भाषण कलाकै कारण राजनीतिमा छिरेका उनी सुरुवातबाटै निकै चर्चित भए ।