arrow

अटल ‘अमर’ वाजेपेयीको अन्तिम संस्कार !

logo
प्रकाशित २०७५ भदौ १ शुक्रबार
bajpeeyee.jpg

काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री अटल विहारी बाजपेयीको शुक्रबार अपरान्ह अन्तिम संस्कार हुँदैछ । वाजपेयीको बिहिबार साँझ ५ः५ बजे (भारतीय समयअनुसार) एम्स अस्पतालमा निधन भएको थियो । 

उनलाई दुई महिनासम्म भेन्टिलेटरमा राखिएको थियो । ९३ वर्षको उमेरमा उनको निधन भएको हो । उनी तीन पटक प्रधानमन्त्री भएका थिए । उनी १० पटक सांसद भएका थिए । भारतरत्न प्राप्त वाजपेयी राजनीतिलाई शुत्रविहीन बनाउने प्रयास गरेका थिए । 

भारतीय राजनीतिमा अटल विहारीलाई ‘अमर’ राजनीतिज्ञ मात्र हैन पूर्व प्रधानमन्त्री मनमोहन सिंहले त ‘भारतीय राजनीतिका भीष्मपितामह’ नै भनेका छन् । 

कवितामा पोख्त वाजपेयीले राजनीतिलाई संस्कारयुक्त बनाउनका लागि निकै ठूलो संघर्ष गरेका थिए । वाजपेयीको अवसानलाई लिएर भारतवर्षको अहिलेसम्मकै ठूलो क्षतिमध्ये एक मानिएको छ । 

एक हप्ता राष्ट्रिय शोक 
वाजेपेयीको निधनमा भारतले एक हप्ता राष्ट्रिय शोकको घोषणा गरेको छ । त्यसैगरी एक दर्जन भन्दा बढी राज्यमा काम बन्द गरिएको छ । बिहार, तेलंगाना, तमिलनाडु, पंजाब लगायतका राज्यमा सरकारी कार्यालय, स्कुल तथा कलेजहरु बन्द गरिएका छन् । दिल्लीमा शुक्रबार सबै ब्यापारिक प्रतिष्ठानसमेत बन्द गरिएको छ । 

के छ शुक्रबारको कार्यक्रम–
वाजपेयीले बिहिबार साँझ अन्तिम स्वास फेरेपछि उनको पार्थिव शरीर उनकै दिल्लीस्थित कृष्ण मेनन मार्गमा रहेको उनको आवासमा लगिएको थियो । 

राति अवेरसम्म अन्तिम श्रद्धाञ्जली दिनको भीड लागेको थियो । बिहान ८ बजेसम्म पनि भीड नै रहेको थियो । 

बिहान ९ बजेपछि उनको पार्थिव शरीरलाई बीजेपीको मुख्यालयमा राखिएको छ । १ बजेदेखि अन्तिम यात्रा सुरु हुने जनाइएको छ । त्यसैगरी अपरान्ह ४ बजे अन्तिम संस्कार हुनेछ । त्यहीं (राजघाटमा) उनको समाधी पनि बनाइने छ । महात्मा गान्धीको स्मृतिस्थलको नजिकै उनको अन्तिम संस्कार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ