arrow

समय सान्दर्भिक पाठ्यक्रमका कारण आईएसएमटी कलेजको शिक्षा लोकप्रिय

logo
प्रकाशित २०७५ भदौ १ शुक्रबार
ismt-bashudev-osti.jpg

काठमाडौं। पछिल्लो पुस्तामा इन्फरमेशन टेक्नोलोजी (आईटी) को क्षेत्रमा चाख बढ्दो क्रममा रहेको छ। जसको कारण स्नातक तहमा आईटी अध्ययन गर्न चाहने विद्यार्थीहरुको संख्या बढ्दो क्रममा रहेको छ। आईटीको माग अन्तर्राष्ट्रिय बजारमा पनि उल्लेख्य रहेका कारण धेरैको आकर्षण यसमा देखिनु स्वाभाविक पनि हो।

त्यसैले बीएस्सी आईटी, बीएचएम र बीबीएमा विद्यार्थीको क्रेज अत्यधिक मात्रामा रहेको देखिन्छ। काठमाडौंको तीनकुनेमा रहेको आईएसएमटी कलेज उक्त विषयहरुमा विद्यार्थीहरुलाई अध्ययन गराउने एक संस्था हो। आईएसएमटी कलेजको स्थापना नेपालमा सन् २०११ मा भएको हो। यो कलेजले बेलायती डिग्री अनुसारको अध्यापन गराइरहेको छ। यो कलेज २१ औं शताब्दीमा नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यका साथमा स्थापना भएको कलेज हो।

Image may contain: 1 person, sitting, screen and indoor

आईएसएमटीका प्रशासकीय प्रमुख बासुदेव वस्ती कलेजले आफ्ना विद्यार्थीहरुलाई करियर निर्माणको लागि सहयोग पुग्ने किसिमको ज्ञान दिँदै आएको बताउँछन्। आफूहरु ज्ञानमा आधारित रहेर विद्यार्थीहरुलाई अध्यापन गराउँदै आएको वस्तीको दावी छ। “हामी किताबमात्र पढाउँदैनौं अनुसन्धान तथा खोजीमा आधारित रहेको शिक्षा हामी विद्यार्थीहरुलाई दिन्छौं”, वस्तीले भने।

वास्तविक जीवनका समस्याहरुसँग जुध्नसक्ने किसिमको जनशक्ति तयार गर्ने दिशामा आफूहरु अघि बढिरहेको उनको भनाइ छ। पाठ्यक्रमको हिसाबमा पनि आफूहरु अब्बल रहेको वस्ती बताउँछन्। नेपालमा पुरानो पाठ्यक्रमहरुको कारण अपेक्षाअनुसारको जनशक्ति तथा पढाइ हुन नसकेको उनको जिकिर छ।

Image may contain: 6 people, people smiling

आफूहरुले अबको केही समयपछि बजारको अवस्था कस्तो हुन्छ भन्ने कुराको आँकलन गरी सोही किसिमको पाठ्यक्रम आफूहरुले ल्याइरहेको उनले बताए। कलेजमा बाहिरको समग्र बजार बुझेका शिक्षकहरुले अध्यापन गराइरहेको कारण पनि विद्यार्थीहरु लाभान्वित हुने उनको तर्क छ। 

आईएसएमटीमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पाठ्यक्रम समय सान्दर्भिक किसिमको हुनु सबल पाटो रहेको वस्तीको भनाइ छ। साथै विश्वको चर्चित तथा राम्रोमध्येको एक विश्वविद्यालयको सम्बन्धनमा कलेज रहेको कारण पनि यहाँ पढ्ने विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा पाउने कलेजको दावी छ। 

Image may contain: 1 person, sitting

कलेजले विभिन्न विदेशी कलेजहरुसँग सहकार्य गरिरहेको कारण नेपालमा दुई वर्ष अध्ययन गरेर तेस्रो वर्ष अष्ट्रेलिया तथा अन्य कुनै मुलुकमा अध्ययन गर्न चाहेमा कलेजले उनीहरु प्रत्यक्षरुपमा पढ्न पाउने गरी क्रेडिट ट्रान्सफर मिलाउन सक्छ। नेपालमा यस्तो सेवा अन्य कुनै पनि कलेजले दिन नसकेको प्रशासकीय प्रमुख वस्ती बताउँछन्। यो सेवा दिनुले पनि कलेजको पढाइ अन्तर्राष्ट्रिय गुणस्तरको रहेको पुष्टि हुने वस्तीको दावी छ।

Image may contain: screen

रिसर्चका लागि कलेजको आवश्यक ज्ञान र इन्फ्रास्टक्चरको व्यवस्था गरेको छ। नेपालमा शिक्षित बेरोजगारी बढिरहेको अवस्थामा विद्यार्थीहरुलाई आफ्नो क्षमता देखाउन सक्ने शिक्षा दिने गरेको कलेजको भनाइ छ। आईएसएमटीमा अध्ययन गरेर पास गरेका सबै विद्यार्थीहरु सबैजसो विद्यार्थीहरु राम्रो पदमा व्यवस्थित भइसकेको वस्तीले बताए। उनले कलेजको इतिहासमा शतप्रतिशत नतिजा पनि दिन सफल हुँदै आएको बताए।

Image may contain: screen

विद्यार्थीहरुलाई प्रदान गरेको शिक्षाको हिसाबमा हेर्ने हो भने आईएसएमटी नेपालको उत्कृष्ट कलेज बन्ने लयमा अघि बढिरहेको वस्तीले बताए।

Image may contain: outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ