arrow

फिक्कल गाउँपालिकामा प्रमुख र उपप्रमुखको मनपरी, कांग्रेसले बुझायो ज्ञापन–पत्र

logo
राजन परियार I
प्रकाशित २०७५ भदौ १ शुक्रबार
fikkal-gau.jpg

सिन्धुली । जिल्लाको अति विकट गाउँपालिकाको रुपमा रहेको फिक्कल गाउँपालिकावासीमा गाउँगाउमा गएको सिँहदरवारले निराशा वनाएको छ । चुनावका वेला वनाएका घोषणापत्र सायद निर्वाचित दल तथा जनप्रतिनिधीहरुले पढ्ने फुर्सद नै छैन होला विकास त कता हो कता ? स्थानीय चुनाव सकिएको डेढ वर्ष वितिसक्दा पनि चुनावी अभियानका क्रममा जनता माझ दिएर गएको  फिक्कलको विकास र समृद्धको नारा अन्तत नारामै सिमीत रहयो । त्यहावाट निर्वाचितहरुले प्रमुख तथा उपप्रमुखले चुनावी मैदानमा फिक्कलको विकास गरी फिक्कलवासीलाई समृद्ध संकल्प देखावटी तथा भ्रम मात्र रहेको प्रमाणित गरेका छन् ।

पर्यटकिय क्षेत्रको अति सम्भावना वोकेको फिक्कल सिन्धुलीको सवैभन्दा उचाइमा अवस्थित छ । फिक्कललाइ जिल्लाकै सगरमाथाको रुपमा मानिने गर्दछन् । यसको पर्यटकिय क्षेत्रको रुपमा विकास गरी पर्यटकिय क्षेत्र वनाउन सके सिन्धुली जिल्ला मात्र नभई सिङ्गो देशले नै अर्थतन्त्रमा फाइदा लिन सक्छ तर यस्तो सम्भावना वोकेको फिक्कलको विकास गर्नुको सट्टा त्यस क्षेत्रवाट निर्वाचित जनप्रतिनिधी भने कार्यकर्ताको सालिक वनाउने नाममा वजेटको दुरुपयोग तथा आफ्ना कार्यकर्ता आसेपासेलाई जागिरमा भर्ना सरुवा वढुवा गर्नमा व्यस्त छन् । यदि हामीवाट निर्वाचित जनप्रतितिधीको कायशैली यस्तै हुने हो भने फिक्कलको विकास गरी समृद्ध वन्ने सपना सपनामा मात्रै सिमित रहने फिक्कलवासीहरु गुनासो गर्दछन् ।  

फिक्कल गाउपालिकामा प्रतिपक्षको रुपमा रहेको पार्टी नेपाली काँग्रेसको धैर्यताको वाध फुटेको छ। गाउँपालिकाका प्रमुख धन वहादुर कार्की तथा उपप्रमुख पार्वती सुनुवारले गाउँपालिकामा मनपरि गरेको भन्दै नेपाली काँग्रेस फिक्कलले ज्ञापनपत्र बुझाएको छ। गाउँपालिका प्रमुख तथा उपप्रमुखको खराव कार्यशैली र नियतका कारण एक बर्षको अवधिमा गाउँबासीले साझा प्रमुख तथा उपप्रमुखको अनुभूत गर्न नपाएको, गाउँपालिका एक पक्षिय र पूर्वाग्रहीरुपमा अघि बढेकोमा गम्भीर ध्यानाकर्षण गराएको छ ।   

आफुहरुलाई गाउँपालिकाको सिँह सम्झने प्रमुख तथा उपप्रमुखले आर्थिक कारोवारमा अनियमितता गरेको तथा कानुन विपरित गाउँपरिषदमा पेश नै नभएका विभिन्न योजनाहरु संचालन तथा गाउँसभामा निर्णय नभएका विषयहरुमा गाउँपालिका प्रमुख तथा उपप्रमुखले मनोमानी ढंगले गर्ने गरेकोमा आपत्ती जनाउदै ११ वुदे माग सहित ज्ञापन पत्र वुझाएको हो।

ज्ञापनपत्रमा आम जनतालाई विभिन्न वहानामा ढाड सेक्ने गरि अत्याधिक कर वृद्धि गरेकोमा कम गरिनु पर्ने, नेपाल सरकार शिक्षा ऐन विपरित शिक्षकको सरुवा, पदस्थापन, काज, करार गर्ने प्रकृया तत्काल बन्द गरिनुपर्ने, गरिएका निर्णय फिर्ता गरिनुपर्ने, विना विज्ञापन तथा आफ्ना बिचार समूहका आधारमा कर्मचारी नियुक्ती गर्ने गरेकोमा कर्मचारी नियुक्ती वन्द गरी भएका नियुक्ती फिर्ता गरिनुपर्ने, विद्यालय व्यवस्थापन समिति तथा उपभोत्ता समिति गठनमा सर्वपक्षिय हुनुपर्ने, कार्यपालिकामा छलफल नभई वजेट विनियोजन वन्द तथा सम्पन्न भएका योजनाको सार्वजनिक गरिनुपर्ने, वडाध्यक्षको अधिकारमा हस्तक्षप वन्द गरिनुपर्ने, पूँजीगत वजेटवाट उद्धव खड्का र चेत वहादुर थापा नामक स्मृतीमा भन्दै वजेट दुरुपयोग गरेकोमा उक्त निर्यय फिर्ता गरिनुपर्ने, कार्यपालिका संचालन रकममा अनियमितता भएकाले सार्वजनिक गरिनुपर्ने, विपद व्यावस्थापनको रकम जताभावी खर्च गर्न वन्द गरिनुपर्ने, गाउपालिकावाट तयार पारिएको ऐन तथा कार्यविधी जनपक्षिय नभएको कारण संशोधन गरिनुपर्ने, गाउँपालिकावाट संचालित पुर्वधार विकासमा सार्वजनिक नगरी रकम भुक्तानी वन्द गरि भुक्तानी भएका योजनाको सार्वजनिक गरिनुपर्ने, लगायत कानूनलाई कर्मकाण्डीय हिसावले तोडमोडगरी ब्यक्तिगत र पार्टीगत महत्वकांक्षामा अघि बढेकोमा खेद प्रकट गरिएको छ ।

आफुहरुले उठाएका मागहरु प्रत्यक्ष सरोकारका विषय भएकोका कारण नौ दिनभित्र सार्वजनिक रुपमा कानुन वमोजिम चित्तवुझ्दो तरिकाले जवाफ नआए गाउँपालकिकाको कार्यालयमा तालावन्दि लगाई आन्दोलन गर्न वाध्य हुने फिक्कल गाउँपालिका काँग्रेस नेता मोहन वहादुर कार्कीले वताए ।

साथै आ.व.०७४-०७५ मा विभिन्न योजना संचालन गर्न तथा उपभोक्ता समितिमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले  आफ्ना बिचार समूह मिल्ने तथा आफ्ना पार्टिका कार्यकर्तालाइ दिने गरेको अत्यन्त निन्दनिय तथा अलोकतान्त्रिक कार्य भएको हुदा यस्ता कार्य पूर्ण रुपमा वन्द गरी योजना निमार्ण कार्य सम्पन्न पश्चात कार्यस्थलमा राजनितिक दल र गाउँपालिका तथा सम्वन्धित सरोकारवाला निकायबाट अनुगमन गरि रकम भुक्तानी दिन पर्ने कार्कीले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ