arrow

'अमेरिकामाथि आक्रमणको लागि सेना तयार पार्दैछ चीन'

logo
प्रकाशित २०७५ भदौ १ शुक्रबार
us-china.jpg

काठमाडौं । अमेरिकाको सैन्य विभागले चीन आफ्नो सेनालाई अमेरिकामाथि आक्रमणको लागि प्रशिक्षण दिइरहेको आरोप लगाएको छ । विहीबार एक विवरण सार्वजनिक गर्दै पेन्टागनले चीनले अमेरिकामाथिको आक्रमणको तयारीको रुपमा बमवर्षक कार्यक्रमहरु विस्तार गरिरहेको बताएको हो । 

पछिल्लो समय अमेरिका र चीनको बीचमा बढिरहेको आशंकाको बीचमा अमेरिकाको सुरक्षा विभागबाट यस्तो वक्तव्य आएको हो । विशेषगरी अहिले चीन र अमेरिका व्यापारयुद्धको क्रममा छन् । पछिल्लो समय चीन आफ्नो प्रभाव विस्तारको क्रममा रहेकोमा अमेरिका उसलाई कमजोर बनाउने दिशामा अघि बढिरहेको छ । 

अमेरिकी सैन्य विभागले चीनले सन् २०१७ मा आफ्नो सुरक्षाको क्षेत्रमा १ खर्ब ९० अर्ब अमेरिकी डलरबराबरको रकम खर्च गरेको अनुमान गरेको छ । 

पेन्टागनले सार्वजनिक गरेको विवरणमा चीनले पछिल्लो तीन वर्षयता व्यापक मात्रामा आफ्नो समुद्रमाथिको सैन्य कार्यक्रमहरु बढाइरहेको देखिएको उल्लेख गरिएको छ । 

यस विषयमा अमेरिकाको चिनियाँ राजदूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन । सन् २०१८ मा चीनको बमवर्षक विमान विवादित दक्षिणी चीन सागरमा ल्याण्ड गरेको थियो । चीनको यो विवादित क्षेत्रमा आफ्नो अभ्यासको क्रममा उक्त विमान ल्याण्ड गरेको थियो । 

गत जुनमा अमेरिकी रक्षामन्त्री जिम म्याटिस चीन भ्रमणमा आएका थिए । उनी सन् २०१४ यता चीनको भ्रमण गर्ने पहिलो अमेरिकी रक्षामन्त्री बनेका थिए । 

पछिल्लो समय चीनको आर्थिक क्षेत्रमा केही समस्या आउनसक्ने संकेत देखिएको भए पनि सन् २०२८ सम्ममा चीनले रक्षा क्षेत्रमा दुई खर्ब ४० अर्ब डलरको रकम खर्च गर्नसक्ने अमेरिकी रक्षा मन्त्रालयले बताएको छ। साथै पेन्टागनले चीनको अन्तरिक्षको कार्यक्रमहरु पनि तीव्र गतिमा अघि बढिरहेको बताएको छ । 

अमेरिका सन् २०२० सम्मको अवधिमा अन्तरिक्ष सैन्य शाखा खोल्ने तयारीमा छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ