arrow

नेकपाले जीतेको पोखरामा ३सय प्रतिशत करबृद्धी, प्रत्यासी उम्मेदवारले गरे विरोध

logo
प्रकाशित २०७५ भदौ १ शुक्रबार
pokhara-congress.jpg

पोखरा। पोखरा महानगरपालिकाले बढाएको करबारे काँग्रेसका प्रत्यासी उम्मेदवारहरुले ध्यानाकर्षण गराएका छन् । प्रेस विज्ञप्ती जारी गरी उनीहरुले महानगरले मनपरी कर बढाएर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाए । 

मेयरका प्रत्यासी रामजी कुवँर र उपमेयरकी प्रत्यासी सरस्वती गुरुङले संयुक्त विज्ञप्ती निकालेर महानगरपालिकाबाट दिईने सेवा दस्तुर, ब्यवसाय कर लगायत सबै शीर्षकमा गरिएको बृद्धीदर तत्काल फिर्ता लिन माग गरे। मेयरका प्रत्यासी कुवँर र उपमेयरकी प्रत्यासी गुरुङले संयुक्त विज्ञप्ती निकालेर महानगरपालिकाबाट दिईने सेवा दस्तुर, ब्यवसाय कर लगायत सबै शीर्षकमा गरिएको बृद्धीदर तत्काल फिर्ता लिन माग गरेका हुन।

२०७२ साल असोज १ गते तत्कालीन पोखरा उपमहानगरपालिकाले एकीकृत सम्पत्ति कर लागू गर्दा ५ बर्षसम्म करको दर नबढाउने निर्णय गरेको थियो । तर हालसम्म आईपुग्दा ३ सय प्रतिशतसम्म कर रकम बढाएको पाईएको छ । 

साथसाथै एकै बर्षमा खाली जग्गाको मूल्याकंन डेढ सय प्रतिशतसम्म बढाईएको छ, विज्ञप्तीमा भनिएको छ–मालपोत कार्यालयले जग्गाको मूल्यांकन बढाउनु स्वभाविक हो तर मालपोतलाई देखाएर आफ्नो स्वायत्ततालाई समेत नजरअन्दाज गरिनु अस्वभाविक चरित्र हो । 

पोखरा महानगरपालिकाले पनि साउन १ गतेपछि अस्वभाविक रुपमा बढाईएको करको दरप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राजश्व बढाउने बहानामा नागरिकलाई करले थिच्नु देशकै अर्थतन्त्र कमजोर पार्ने षड्यन्त्र भएको उनीहरुको आरोप छ । 

एउटै नागरिकलाई विभिन्न नाममा शीर्षक देखाएर दोहोरो करको मारमा पारेको अनुभुति भएको छ । हामी करको विरोधी होईनौं । तर समय सापेक्ष र बैज्ञानिक कर प्रणाली लागू गर्नुपर्छ जहाँ करको दर होईन दायरा बढाउनुपर्छ भन्ने मान्यता हो, विज्ञप्तीमा भनिएको छ–महानगरले पनि बढाईएको करको दर अविलम्ब फिर्ता लिएर आम नागरिकलाई खुला अर्थतन्त्रमा प्रतिश्पर्धा गर्ने वातावरण सिर्जना गरोस्  भन्ने हाम्रो जोडदार माग छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ