arrow

रिहाई भएर सर्वोच्चको ढोकामा पुगेका खड्ग विश्वकर्मा गृहमन्त्री वादलको आदेशमा फेरि पक्राउ

logo
प्रकाशित २०७५ भदौ १ शुक्रबार
khadga-bahadur-bishwokarma-prakanda-nekapa.jpg

काठमाडौं । सर्वोच्च अदालतले रिहाइको आदेश दिएपछि रिहा भएको केहि मिनेटमा नै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले पुुुन: पक्राउ गरेको छ ।

न्यायाधीशद्वय चोलेन्द्रशम्शेर जवरा र तेजबहादुर केसीको संयुक्त इजलाशले रिहा गर्न आदेश दिएपछि रिहा भएका विश्वकर्मालाई  महानगरीय प्रहरी परिसरले सर्वोच्च अदालत परिसर बाहिरबाट फेरि पक्राउ गरेको हो । 

नेता विकलाई काभ्रेमा रहेको टेलिफोन टावरमा आगजनी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरी अधिकारीले जनाएको छ। 

यसअघि  व्यापारीसँग ७ करोड ५६ लाख रुपैयाँ चन्दा उठाएको विवरणसहितको आयव्यय रेकर्ड विशेष ब्यूरोको टोलीले फेला पारेपछि अनुसन्धानको लागि उनलाई गत साउन २३ मा पक्राउ गरिएको थियो ।

गृहमन्त्री राम बहादुर थापा वादलको विशेष निर्देशनपछि प्रहरी विप्लव नेतृत्वको नेकपालाई नियन्त्रण उन्मुख छ । नेकपा सरकारसंग नझुक्ने बताउँदै आएको छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ