arrow

अमेरिकाले थप प्रतिबन्त्र लगाए टर्कीले प्रतिकार गर्ने

logo
प्रकाशित २०७५ भदौ १ शुक्रबार
turkey1.jpeg

इस्तानबुल, टर्की। अमेरिकाले टर्कीविरुद्ध थप प्रतिवन्ध लगाएमा यसको उचित जवाफ दिने टर्कीले शुक्रबार बताएको छ। अमेरिकी धर्मगुरुलाई टर्कीले पक्राउ गरी कैदी बनाएपछि अमेरिका र टर्कीबीचको कुटनीतिक सम्बन्धमा समस्या आएको छ। अमेरिकासँगको सम्बन्धमा समस्याका कारण हालैका दिनमा टर्कीको मुद्रामा भारी गिरावट देखिएको छ।

टर्कीका व्यापारमन्त्री रूहसर पेक्कानलाई उद्धृत गरी टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु न्यूज एजेन्सीले भनेको छ, “हामीले विश्व ब्यापार संगठनको कानूनको परिधिमा रहेर यस पहिले नै अमेरिकालाई जवाफ दिइसकेका छौँ र यसलाई निरन्तरता दिनेछौँ।”

वासिङ्टनले अमेरिकी धर्मगुरुलाई रिहा नगर्दासम्म टर्की विरुद्ध थप प्रतिवन्धहरू लगाउने चेतावनी बिहीबार दिएको थियो। यसै चेतावनीको जवाफमा टर्कीका व्यापारमन्त्रीले अमेरिकाविरुद्ध उक्त चेतावनी दिएका हुन्। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ