arrow

अस्ट्रेलिया जाने तयारीमा रहेकी केटी साथीलाई हत्या गरे दिनेशले

प्रेमिकामाथिको आशंकामै लियो प्रेमीले ज्यान

logo
प्रकाशित २०७५ भदौ १ शुक्रबार
20180817_185607.jpg

मोरङ । ग्रामथान गाउँपालिका–३ सिद्राहामा एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै प्रेमिकाको हत्या गरेका छन् ।

विराटनगर महानगरपालिका–१३ का ३० वर्षीय दिनेश भट्टराईले बिहान सोही ठाउँकी २३ वर्षीया शिखा घिमिरेको हत्या गरेका हुन् ।

आफ्नी प्रेमिकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए।

प्रहरीका अनुसार दुवै जना घुम्न को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए ।

घुमघामकै क्रममा भट्टराईले आफूसँग रहेको धारिलो हतियार प्रहार गरेर प्रेमिकाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रेमिकाले आफुलाई धोका दिएर अष्ट्रेलिया जान खोजेपछि आफूले हत्या गरेको भट्टराईले प्रारम्भिक वयान दिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।

प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र दुवै चढेर गएको स्कुटर बरामद गरेको छ ।

दुवैबीच प्रेम सम्बन्ध रहेको र युवतीले धोका दिन खोजेको आशंकामा युवकले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी केसीले बताए । हत्या भएकी युवती एक सातापछि अस्ट्रेलिया जाने तयारीमा थिइन् I

प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र उनीहरु चढेर गएको को १७ प १७२३ नम्बरको स्कुटर बरामद गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ