arrow

प्रधानमन्त्रीको स्वागतमा राजपाका जम्मा एक मन्त्री मात्रै विमानस्थलमा

logo
प्रकाशित २०७५ भदौ २ शनिबार
kp-oli5.JPG

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नम्बर २ को प्रदेशसभालाई सम्बोधन गर्न जनकपुर पुगेका छन्। ओली जनकपुर विमानस्थलमा  अवतरण गर्दा मुख्यमन्त्री लालबाबु राउत स्वागत गर्न पुगे। तर, मुख्यमन्त्रीको निर्देशन विपरीत राजपा नेपालबाट प्रदेश नम्बर २ मा प्रतिनिधित्व गर्ने २ मन्त्री र तीन राज्यमन्त्री अनुपस्थित रहे। 

भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल भने ओलीको स्वागतका लागि विमानस्थल पुगे। प्रदेश नम्बर २ मा राजपाबाट तीन मन्त्री र तीन राज्यमन्त्री छन्। फोरमबाट भने मुख्यमन्त्री राउतसहित सबै मन्त्री र राज्यमन्त्रीहरु सहभागि भए। फोरम केन्द्र सरकारमा सहभागि भएकाले पनि सबै मन्त्री उपस्थित भएका हुन्। राजपाले संविधान संशोधन र आन्दोलनका क्रममा लगाईएका मुद्दा फिर्ताको माग पूरा नभएकाले गुण र दोषका आधारमा सरकारलाई सहयोग र समर्थन गर्ने बताउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ