arrow

प्रदेश २ मा प्रम ओलीलाई कालो झण्डा, राजपाद्वारा संसद बहिष्कार

logo
प्रकाशित २०७५ भदौ २ शनिबार
pm_sambodhan.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नम्बर २ को प्रदेशसभालाई सम्बोधन सुरु गरेका छन् । प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको प्रदेशसभा बैठकलाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसदले भने बहिष्कार गरेका छन्।

राजपाका महासचिव  मनिष सुमनका अनुसार प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने निर्णयमा राजापा पुगेको बताए। उनले प्रधानमन्त्रीले संसदीय नियमावली विपरीत सम्बोधन गरेका कारण आफूहरुले बहिष्कार गरेको बताए ।

प्रधानमन्त्री ओलीको व्यवहार आजसम्म पनि मधेश विरोधी रहेको भन्‍दै उनले भने  'नियम विपरीत हुने सम्बोधनको साक्षी बस्न हामिले चाहेनौ ।'

प्रधानमन्त्री ओली जनकपुर विमानस्थलमा  अवतरण गरेँगै राजपा नेताहरुले कालो झण्डा देखाएका थिए । कालो झण्डा देखाएको भन्दै प्रहरीले राजपाका पाँच जनालाई पक्राउ गरेको छ।

 प्रधानमन्त्रीलाई स्वागत गर्न मुख्यमन्त्री लालबाबु राउत विमानस्थलमा पुगेका थिए । स्वागतमा राजपा नेपालबाट प्रदेश नम्बर २ मा प्रतिनिधित्व गर्ने २ मन्त्री र तीन राज्यमन्त्री अनुपस्थित रहे।

भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल भने ओलीको स्वागतका लागि विमानस्थल पुगे। प्रदेश नम्बर २ मा राजपाबाट तीन मन्त्री र तीन राज्यमन्त्री छन्। फोरमबाट भने मुख्यमन्त्री राउतसहित सबै मन्त्री र राज्यमन्त्रीहरु सहभागि भए।

फोरम केन्द्र सरकारमा सहभागि भएकाले पनि सबै मन्त्री उपस्थित भएका हुन्। राजपाले संविधान संशोधन र आन्दोलनका क्रममा लगाईएका मुद्दा फिर्ताको माग पूरा नभएकाले गुण र दोषका आधारमा सरकारलाई सहयोग र समर्थन गर्ने बताउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ