arrow

कांग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने

जनमत संग्रह गरि हिन्दुराष्ट्रको विषय टुङ्ग्याउनु पर्नेमा जोड

logo
प्रकाशित २०७५ भदौ २ शनिबार
Sasanka-Koirala.jpeg

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने बताएका छन् ।

विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने बताउँदै नेपाली कांग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि गर्न नदिने जानकारी दिए ।

महामन्त्री कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए। उनले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गरे ।

महामन्त्री कोइरालाले पार्टीको महासमिति भेला यस वर्षभित्र सम्पन्न गर्ने बताए। उनले जनमत सङ्ग्रह गरी हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो गर्नुपर्ने विचार व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ