arrow

प्रधानमन्त्रीको महंगो प्रदेशसभा सम्बोधन : हेलिकोप्टर खर्च मात्रै झण्डै २८ लाख !

प्रधानमन्त्री आफैं मितव्ययी छैनन् कसरी हुन्छ मुलुक समृद्ध?, प्रतिघण्टा ४ लाख ६२ हजार भाडा पर्ने एमआई सेभेन्टिननै चढ्नुपर्ने !

logo
प्रकाशित २०७५ भदौ २ शनिबार
oli_g.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नम्बर २ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्न हेलिकोप्टर चढेर जनकपुर पुगे । हवाइ सुबिधाकै हिसाबले पनि जनकपुरमा आधा दर्जन बढी हवाई कम्पनीले नियमित उडान भर्छन् ।

सर्वसाधारणलाई पनि हवाइ टिकट लिन गाह्रो छैन । सरकार प्रमुख प्रधानमन्त्री जस्तो मान्छेलाई इशाराको भरमै निवासमै टिकट आईपुग्छ । समस्या के छ भने, जनकपुरमा सरकारी हवाइ अड्डा नेपाल बायु सेवा निगमको विमान सेवा छैन ।

निजी कम्पनीहरुले मात्रै काठमाडौं जनकपुर उडान भरिरहेका छन् । निजी विमानको भाडा महंगो छैन्, उच्च ओहदाकाहरुका लागि । सस्तोमा ३३ सयदेखि महंगोमा ४८ सय रुपैयाँसम्म पर्छ काठमाडौंबाट जनकपुर जान । महंगो कै हिसाब गर्दा पनि आते–जाते भाडा ९ हजार ६ सय रुपैयाँ । प्रदेश २ को सभालाई सम्बोधन गर्न जाँदा प्रधानमन्त्री एक्लै जाने कुरा भएन । पार्टीका अर्का अध्यक्ष पुुष्पकमल दाहाल पनि जानै पर्‍यो । २ जनाको आतेजाते हवाइ भाडा १९ हजार २ सय रुपैयाँ । दुुई चार जना सुरक्षा गार्ड र दुई चार जना आसे पासे सहितको जम्मा जम्मी टोली १० जनाको बनाउँदा पनि ९६ हजार रुपैयाँभन्दा बढी खर्च हुँदैन । 

प्रदेशसभाले प्रधानमन्त्री र उनको टोलीलाई खाना र पान समेत खुवाउने सार्वजनिक गरिसकेको छ। आजको केही घण्टा जनकपुर बस्दा उनको टोलीको सूको खर्च हुने छैन । तर, सरकार प्रमुखको सुरक्षाको सवाल छ । निजी विमानबाट आउने जाने कुरा सोच्न पनि भएन । सुरक्षा खतरा भईहाल्छ । हेलिकोप्टर नै चाटर्ड गर्दा पनि निजी कम्पनीतिर आँखा लगाउने चलन छैन्, सुरक्षाकै कारणले । त्यसैले रोजिन्छ नेपाली सेनाकै हेलिकोप्टर ।

नेपाली सेनासँग साना हेलिकोप्टर पनि छन् । व्यक्तिगत कामका लागि सेनाले हेलिकोप्टर उपलब्ध गराउँदा सर्वसाधारणसँग प्रतिघण्टा १ लाख २५ हजारको दरले लिने गर्छ । सानो हेलिकोप्टरले प्रधानमन्त्रीको टोलीलाई धान्न सक्दैन । त्यसैले ठूलै हेलिकोप्टर फन्दामा पर्छ ।

एम अाई सेभेन्टिन हेलिकोप्टरको चार्ज सेनाले अरुसँग एक घण्टाको ४ लाख ६२ हजारको दरले लिनेगर्छ । तर सरकार प्रमुख र राष्ट्रप्रमुखले यो हेलि प्रयोग गर्दा भाडा तिर्ने चलनै छैन । आयोजकले नै सरकार प्रमुख र राष्ट्र प्रमुखलाई निम्ता गर्दा भने कहिले काहीँ दिने गरेका छन् । तर प्रधानमन्त्री, राष्ट्रपतिले यसरी भ्रमण गर्दा अहिलेसम्म सेनालाई हेलि भाडा दिने गरिएको छैन । 

प्रधानमन्त्रीको प्रदेशसभा सम्बोधनका क्रममा नेपाली सेनाको एम आई सेभेन्टिन हेलिकोप्टर विहान १० देखि दिउँको ४ बजेसम्म नै इन्जेग भएको छ । यदि अरु कसैले यो हेलि ६ घण्टाका लागि लिएको भए नेपाली सेनाले २७ लाख ७२ हजार रुपैयाँ भाडा पाउँथ्यो । सेनालाई नदिए पनि यो रकम सरकारी कोषकै रकम सिद्धिने हो ।

प्रधानमन्त्रीले एउटा प्रदेशसभालाई सम्बोधन गर्न जाँदा २७ लाख ७२ हजार खर्च १ जबकि मितव्ययी हुन सकेको भए १ लाख रुपैयाँ हवाई भाडामै मजाले काम चल्थ्यो । कुरा काट्न माहिर  प्रधानमन्त्री र उनका आसेपासेले भन्न सक्लान् गाडीमा गएको भए अझ सस्तो पथ्र्यो होला नि !  हो नि त के फरक पर्छ प्रधानमन्त्री गाडीमा हिँड्दा ? प्रधानमन्त्री बन्नुअघि र पदमा नहरँदा उनी यसरी नै एम आइ सेभेन्टिनमा सयर गर्थे ? पाएको सुविधा लिने भन्दैमा राज्यकोषको रकम ढुटो पार्नुपर्छ ? मितव्ययी बन्न मिल्दै मिल्दैन हो ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ